Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा गणतन्त्र दिवस यसरी मनाइयो

bk logo final png
  • सिर्जना कार्की
  • १५ जेष्ठ २०८१, मंगलवार १२:४०

बागलुङ, १५ जेठ । आज जेठ १५ गते अर्थात देशमा गणतन्त्र स्थापना भएको १६ बर्ष पुगेको छ । अधिकार र सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।

जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । बागलुङमा पनि १६ औं गणतन्त्र दिवस मनाइएको छ ।

जिल्ला समारोह समिति बागलुङको आयोजनामा गणतन्त्र दिवस २०८१ का अवसरमा त्रि–दिवसीय कार्यक्रमहरु अन्तर्गत मंगलबार प्रभातफेरी तथा शहिदहरुको शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।

प्रभातफेरी ट्राफिक चोक हुँदै बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरस्थित सहिद पार्कमा पुगी गणतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा प्रतिमामा माल्यार्पण अर्पण गरी समापन भएको हो ।

कागजमा भएको गणतन्त्रलाई संस्कारमा परिवर्तन गर्दै व्यवहारमा परिणत गर्नुपर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरुको जोड थियो । रगतमा गणतन्त्र भएपनि देशको विकास, अग्रगामी काम गर्न नसके गणतन्त्र विरुद्ध जनमत आउन सक्ने उहाँहरुको चिन्ता थियो । साथै वक्ताहरुले शहिदको सच्चा श्रद्धाञ्जलीका लागि पनि जनताको चाहना अनुसारको काम गरेर देखाउनुपर्ने आवश्यकता भएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर के।सी, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष सिता सापकोटा, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक छविरमण रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको स्वागत तथा जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

मंगलबार साँझ ऐतिहासिक पार्कमा सामूहिक दीप प्रज्वलन गर्ने, १६ गते बिहान नेपाल रेडक्रस सोसाइटी, धौलागिरी अस्पताल र स्वास्थ्य कार्यालयको संयुक्त संयोजनमा स्वास्थ्य कार्यालयमा रक्तदान कार्यक्रम, त्यस्तै जिल्ला समन्वय समितिको सभाहलमा गणतन्त्रको महत्व विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा बेपत्ता पारिएका व्यक्तिका परिवार र घाइते अपाङ्गहरुलाई बागलुङ नगरपालिकाको संयोजनमा सम्मान कार्यक्रम तथा गणतन्त्र प्राप्ति पश्चात बागलुङ स्थित तीनै तहका सरकार तथा गैरसरकारी संस्थाबाट भएका उपलब्धीपूर्ण कार्यहरुको सम्वन्धमा स्मारिका प्रकाशन गर्ने विषयक अन्तरक्रिया कार्यक्रम रहेको शर्माले बताउनुभयो ।

बागलुङमा मंगलबार बिहानैदेखि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारीहरु लगायतको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको हो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki