Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आदर्श कप : पहिलो चरणको खेल समाप्त

bk logo final png
  • बागलुङखबर
  • १४ जेष्ठ २०८१, सोमबार २१:२९

बागलुङ, १४ जेठ । बाङेचौर खेल मैदानमा जारी प्रथम आदर्श कप फुटबल प्रतियोगितामा पहिलो चरण खेल सकिँदा पाहुना टोली पर्वत माविले उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने छनक देखाएको छ । सोमबार न्यु एभेरेष्ट एकेडेमीमाथि हाबी बन्दै ०–६ गोलको सानदार जित निकालेपछि फुटबलका जानकार र दर्शकले पर्वतलाई उपाधि दाबेदारको रुपमा हेरेका छन् ।

जापानमा दुई पटक यु–१४ को कोपा तोररर्स खेलको अनुभव बटुलेका गोलरक्षक विजन बस्यालदेखि एन्फा एकेडेमी बुटवलमा यु–१३ को छनोटमा परेका दिवन थापा जस्ता उत्कृष्ट खेलाडि सम्मिलित पर्वत माविले खेल अवधिभर न्यु एभरेष्टमाथि निरन्तर दबाब दिईरह्यो ।

खेलको १९ औं मिनेटमा गोल गर्दै पाहुना टोली पर्वतलाई शुरुवाती अग्रता दिएका अफरोज अलीले २७ औं मिनेटमा दोस्रो गोल थपे । न्यु एभरेष्टलाई निराश बनाउन अलीले ४ गोलको योगदान गर्दा नविन काफ्ले ३३ औं र दिवान थापाले ४६ औं मिनेटमा एक÷एक गोल गरे ।

सेभेन ए साइड प्रतियोगितामा जमिरहेका पर्वत माविका खेलाडिलाई बाङेचौर खेल मैदानमा अफसाइड ट्याक मिनाउन केही असहज भएपनि उत्कृष्ट खेल प्रर्दशन गर्दे फुटबल पारखीको मन जितेका छन् । पर्वतले अब मंगलबार हुने फ्युचर ब्राइटर आमावि विरुद्वको क्वाटरफाइनल खेल खेल्ने छ । फ्युचरले सनराइज आवासिय माविलाई ४–० गोलले स्तब्ध पार्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्युचरका लागि अर्मत शर्माले २ गोलको योगदान गर्दा निशान कार्की र आदित परियारले एक÷एक गोल गरेका थिए ।

सोमबारै सम्पन्न खेलमा सिद्वार्थ शिक्षा सदन र आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ विजयी भएका छन् । निकै प्रतिष्पर्धात्मक खेलमा रुद्रेपिपल माविमाथि ०–१ गोलको कठिन जित निकाल्दा सिद्वार्थका सचिन थापाले खेलको इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बन्यो । सिद्वार्थले मंगलबार हुने क्वाटरफाइनलको खेलमा अमर आदर्श माविको सामना गर्ने छ । अमर आदर्श कुँडुले माविलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

न्यू ओयसिस एकेडेमी ट्राईबेकरमा अभागी बन्दा आयोजक आदर्श विद्यामन्दिर मावि ‘सेतो’ क्वाटरफाइनलमा पुगेको छ । सोमबारको अन्तिम खेल निर्धारित समय गोलरहित बराबरी भएपछि ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आदर्श विद्यामन्दिरका गोलरक्षक नायक बन्दा जित उसको सुनिश्चित भएको हो । आदर्श १–४ गोल अन्तरले विजय भयो ।

आदर्श ‘सेतो’ले मंगलबार हुने खेलमा विद्यामन्दिर माविसंग प्रतिष्पर्धा गर्ने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगे

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki