Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

थप ५९४ जनामा कोरोना संक्रमण

  • ३० श्रावण २०७७, शुक्रबार १७:३७

३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४/२४ जना, तनहुँ र बाँकेका २२/२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९/९ जना, सिराहा र अछामका ६/६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५/५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २/२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki