Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ह्युस्टनमाथि नेपालको जित

bk logo final png
  • बागलुङखबर
  • १३ जेष्ठ २०८१, आईतवार ०८:११

ह्युस्टन, १३ जेठ । उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । यो सँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ ।

१२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८।३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था १६।१६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एकरएक विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । नेपालका कुनै पनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर इमरान शेखको बलमा ओपनर आसिफ शेख कभरमा अली शेखबाट एक रनमा समातिन पुगेका थिए । कोर्ने ड्राइको बलमा अनिल साह ४ रनमा एज लागेर विकेटकिपर लाहिरु मिलान्थाबाट क्याच आउट भए ।

कुशल भुर्तेल जिआ शाहजादको बलमा कट एण्ड बोल्ड हुन पुगे । कुशल मल्ल जिआको बलमा लङअफमा ६ रनमा अलीबाट क्याच भएका थिए । त्यसपछि गुलशन झा १४ रनमा आउट भए । उस्मान शिनवारीको योर्कर बलमा रोहित बोल्ड भएका थिए । सन्दीप जोरा र सोमपाल कामी १२।१२ रन बनाए ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले एकरएक विकेट लिए ।

पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । नेपाल अव डालास जानेछ । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेल्नेछ । त्यसपछि विश्वकप सुरु हुनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल ४ जुनमा डालासमा नेदरल्यान्ड्ससँग खेल्दै छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki