Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘बागलुङ ६’ को शव एक हप्तापछि उठाइयो

bk logo final png
  • बागलुङखबर
  • ९ जेष्ठ २०८१, बुधबार २१:४३

बागलुङ, ९ जेठ ।काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार एक हप्तापछि उठाईएको छ ।बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक हप्तापछि शव बुझेको हो ।

आन्दोलनरत पक्ष र जिल्ला प्रहरी कार्यालयबीच घटनाको अनुसन्धान निश्पक्ष रुपमा गर्ने, कसैको प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउने सहमति पछि परिवारले शव बुझेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । घटनाको निस्पक्ष छानविन र कारवाही हुनेमा शंका व्यक्त गर्दै बालिकाको परिवार नेतृत्वमा सरोकारवालाले विरोध प्रदर्शन गर्दै आएका थिए ।

पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेसम्म शव बुझ्न अस्वीकार गरेको बालिकाको माइती पक्ष र प्रहरीबीच बुधबार सहमति भएपछि उनको शव दाहसंस्कार गरिएको हो । उनको निरयघाटमा जनप्रतिनिधि र प्रहरीको उपस्थितीमा दाहसंस्कार गरिएको हो ।

बागलुङ नगरपालिका १० माइतीघर भएकी उनको केही समय अघि काठेखोला गाउँपालिका १ का १७ बर्षिया बालकसँग प्रेम बिबाह भएको थियो । जेठ दुई गते घरमा झुण्डिएको भन्दै उनका श्रीमान र सासुले पासो काटेर धौलागिरी अस्पताल पुर्याएका थिए ।

अस्पताल पुग्दा उनको मृत्यु भैसकेको थियो । माइती पक्षले घटना शंकास्पद भन्दै किटानी जाहेरी दिँदा केही ढिलागरी जाहेरी दर्ता हुनु, अस्पतालमा समयमा पोष्टमार्टम नहुने लगायतका कारण परिवारले निष्पक्ष अनुसन्धानमा आशंका गरेका थिए ।

घटनाको छानविनका लागि प्रहरीले बालिकाका श्रीमान, सासु, नन्द र जेठा ससुरालाई नियन्त्रणमा लिईसकेको छ । धौलागिरी अस्पतालको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा झुण्डिएको उल्लेख छ । त्यस बिषयमा भिसेरा रिपोर्टले मात्रै प्रष्ट पार्ने कँडेल बताउँछन् ।

प्रहरीले बालिकाको कोठाबाट सुसाईट नोट समेत फेला पारेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगे

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki