Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दिलिसा मृत्यु प्रकरण : अन्तर पार्टी महिला सञ्जालद्धारा प्रजिअलाई ध्यानाकर्षण

bk logo final png
  • बागलुङखबर
  • ७ जेष्ठ २०८१, सोमबार २०:१०

बागलुङ, ७ जेठ । दिलिसा भण्डारी (दिक्षा) को रहस्यमयी मृत्युको घटनाप्रति अन्तर पार्टी महिला सञ्जाल बागलुङले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन ध्यानाकर्षण पत्र बुझाउदै घटना कसरी घट्यो ?, घटना घट्नुको कारण के हो ? लगायतका विभिन्न विषयहरुमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको हो । नेपालको प्रचलित कानुन, ऐन बमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौं भनिएको छ ।

उक्त घटनापश्चात जिल्लामा देखिएका विभिन्न परिघटनाहरुले रहस्यमय मृत्युको घटना थप पेचिलो बनिरहेको भन्दै यथाशीघ्र घटनाको छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउँनका लागि अन्तर पार्टी महिला सञ्जाल बागलुङले माग गरेको छ ।

नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत दफा १६ को ९१० मा उल्लेख भए बमोजिम प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने र दफा १८ बमोजिम समानताको हक लगायतका संवैधानिक हक अधिकार रहँदा रहँदैपनि मुलुकमा स्थापित पितृसत्तात्मक सोंच र व्यवहारले आजपनि महिला दिदीबहिनीहरु विभिन्न कारणले अपहेलित हुने, बलात्कृत हुने, निर्दोष रुपमा ज्यान गुमाउँनु परिरहेको अवस्था रहेको सञ्जालको ठहर छ ।

जिल्लामा यसपूर्व भएका रुपा गौतम हत्या काण्डदेखि दर्जनौ महिलासँग प्रत्यक्ष जोडिएका घटनाहरुको वास्तविक अनुसन्धान प्रतिवेदन सार्वजनिक नहुँदा र दोषी माथि कारवाही नहुँदा कतै दिलिसाको घटना यस्तै हुने त होइन, अझैपनि महिलालाई न्याय दिन डगमगाई रहेको वा पूर्वाग्रही भएको त होइन भन्ने आशंका उब्जिएको पनि ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

ध्यानाकर्षण पत्र सञ्जालका अध्यक्ष सीता सापकोटा र सचिव हुमा देवी खड्काले बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई बुझाउनुभएको थियो ।

ध्यानाकर्षण पत्र :

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki