Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाल जीवनले जित्यो जिल्ला लिग फुटबलको उपाधि

  • अर्जुन कार्की
  • ६ जेष्ठ २०८१, आईतवार २२:२३

बागलुङ, ६ जेठ । डिफेन्डिङ च्याम्पियन बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ)ले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आईतबार बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा सुरुवातमै एक गोलले पछि परेको बाल जीवनले उत्कृष्ट पुनरागमन गर्दै पावर फिटनेस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पावर फिटनेसले पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएपनि त्यो लामो समय भने टिक्न सकेन् । बाल जीवनका डिफेन्डरको गल्तीमा प्राप्त गरेको बललाई बरदानले वान भर्सेज वानमा उत्कृष्ट फिनिसिङ गरेका थिए । बाल जीवनको लागि पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको साँतौं मिनेटमा मिलन थापाले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।

दोस्रो हाफमा भने पावर फिटनेसले लगातार दुई गोल खान पुग्यो । बालजीवनका मिलनले खेलको ४५ औं मिनेटमा डिबक्स भित्र प्राप्त बललाई उत्कृष्ट गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए । बाल जीवनका विपुल कार्कीले दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको १० औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

लिग विजेता बालजीवनले नगद ७५ हजारसहित ट्रफी, मेडल र प्राप्त गर्दा उपविजेतामा सिमित पावर फिटनेसले ४५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै विधागत पुरस्कारमा पनि बाल जीवनका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पावर फिटनेसका वरदान थापा घोषित भएका छन् । बालजीवनका सौगात खड्का उत्कृष्ट गोलरक्षक, धनेन्द्र क्षेत्री उत्कृष्ट रक्षापंक्ति, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ गोल गरेका निश्चल महतले उच्च गोलकर्ता र बागलुङ भगवती युवा क्लब (बागलुङ सुधार केन्द्र) ले फेयर प्लेको पुरस्कार जितेको आयोजक जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए । अध्यक्ष राजभण्डारीले सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुले जनही ५/५ हजार रुपैयाँ प्राप्त गरेको जानकारी दिए ।

विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नम्बर १ का वडासदस्य सोम बोहरा लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेता टोलीलाई गण्डकी प्रदेशका सांसद कृष्ण पाठक, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, वडा नम्बर १ का वडासदस्य सोम बोहरा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki