Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अनिष्ट प्रकृतिको त्याग र इष्ट प्रकृतिको ग्रहण

  • ३० श्रावण २०७७, शुक्रबार १७:३१

म यति समयमा उठ्छु भनी संकल्प गरेर सुत्यो भने त्यही समयमा निद्रा हट्छ, यो कुरा अनुभव गरेमा थाहा हुन्छ । यसबाट मन अथवा सूक्ष्मशक्तिलाई राम्ररी सुझाव दिएमा त्यस अनुसार स्थूल शरीर काम गर्न बाध्य हुन्छ भन्ने सिद्ध हुन्छ । विशेषगरी निद्राले छोप्दै गएपछि सबै शरीर शिथिल भएको बेला मनभित्रको विशेष प्रभाव शरीरमा पर्छ ।

विछ्याउनामा पल्टेर अथवा कुर्सीमा पल्टेर शरीरमा अंगहरु शिथिल गरी एकाग्र चित्त गर्नु । एकाग्रातासाथ हलुका निद्राको कल्पना गर्नु ।

जब आँखा भारी हुन्छ र हलुका निद्रा आउन थाल्छ अनि जुन अनिष्ट प्रकृति छोड्नु छ त्यसको सम्बन्धमा प्रभावशाली शब्दमा मनलाई आदेशि दिनु, ‘हे मन तँ यस दृष्ट प्रकृतिलाई  परित्याग गर, तँमा यो दृष्ट प्रकृति रहनु हुँदैन । कुनै बखत पनि रहनु हुँदैन । म यस दृष्ट प्रकृतिलाई निकालेर बाहिर फ्याँक्न लागिरहेकोछु । मैले यसलाई बाहिर फ्याँकिदिएको छु । अत ः तँमा कुनै प्रकारको कुनै प्रकृति रहेको छैन । यस्तै अनिष्टलाई लिएर आफ्नो प्रभावशाली शब्दमा मनलाई यस प्रकारका आदेश दिन सकिन्छ । यसैगरी कुनै दिन इष्ट प्रकृतिको ग्रहण गर्नु छ भने पनि यस्तै  प्रबल बिचार उत्पन्न गर्नुपर्छ हे मन म यो प्रकृतिलाई तिमीभित्र स्थापना गर्दछु अब तिमीले यस प्रकृति अनुसार काम गर्ने छौं ।’

तिमीमा यो प्रकृति दृढ भइसकेको छ मैले यो शुभ प्रकृतिलाई पूर्णतय दृढ गरेको छु । यस्तै प्रकारले कोही बालक, श्रद्धालु शिष्य, भक्त अथवा मित्रको दृष्ट प्रकृति हटाउन सकिन्छ । आरामसँग सुताए र कृतिम निद्रा ल्याई जब कृतिम निद्रामा आउँछ अनि छोड्न खोजेको अथवा ग्रहण गर्न खोजेको प्रकृतिलाई प्रभावशाली शब्दमा उपर्युक्त रीतिले आदेश दिनुपर्छ । दश पन्ध्र मिनेटसम्म यस्ता वाक्यहरु निरन्तर दोहो¥याउनुपर्छ ।

जसरी प्रयोगकर्ताको निमित्त दृढसंकल्प, आत्मविश्वास, पात्रप्रति शुभभावना आवश्यक छ, त्यसैगरी पात्रको प्रयोगकर्ताप्रति पुरा श्रद्धा, विश्वास र उसको आदेश ग्रहण गर्नु पनि अति आवश्यक छ । पात्रप्रति इच्छा अथवा पुरा श्रद्धा नभएमा प्रयोगको पुरा प्रभाव पार्नेछैन ।

यो शक्तिको प्रयोगका मूख्य कुरा आदेश र सूचनाहरु हुन् । यी आदेशहरु त्राटक, जप आदिको साथ होस् अथवा यसबिना नै होस् दृढसंकल्प पुरा आत्मविश्वास र  प्रभावशाली शब्दमा आवश्य हुनुपर्छ । प्रयोगकर्ताले यो आवश्य विचार गर्नुपर्छ कि जसमाथि यो प्रयोग गरिएको छ त्यसको साथ यसको के सम्बन्ध छ । यदि कुनै आफ्ना पूज्य जन जस्तो पिता, गुरु आदिमा प्रयोग भएको छ भने तिनीहरुप्रति यी आदेशहरु प्रार्थना रुपमा हुनुपर्छ । गायत्री आदि वैदिक मन्त्र अथवा प्रणवको जप साथै यो गर्नु प्रभावकारी हुन्छ ।

खप्तडबाबाको चर्चित पुस्तक ‘स्वास्थ्य विज्ञान’बाट साभार । प्रकाशक तथा वितरक : बुकहिल पब्लिकेसन्स प्रालि   

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki