Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिगः बागलुङ कालिकाको जित, पावर फिटनेश र कालिका भगवतीले अंक बाढे

  • अर्जुन कार्की
  • ३१ बैशाख २०८१, सोमबार १९:३५

बागलुङ, ३१ बैशाख । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

लिगको पहिलो खेलमा बागलुङ कालिका युवा क्लब (बागलुङ सुधार केन्द्र)ले विजयी सुरुवात गरेको छ । बागलुङ कालिकाले उद्घाटन खेलमा रुद्रेपिपल युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको १ मिनेटमै रुद्रेपिपलका विजय बोहोराको आत्माघाति गोलको मद्धतले अग्रता लिएको बागलुङ कालिकाले खेलको ११ औं र १३ औं मिनेटमा मनिक श्रेष्ठले गोल गर्दै पहिलो हाफमा ३–० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा रुद्रेपिपलले खेलमा फर्किने प्रयास गरेको थियो । रुद्रेपिपलको लागि खेलको दोस्रो हाफको पहिलो मिनेटमा सन्तोष थापाले सुन्दर गोल गरेका थिए । जितसँगै बागलुङ कालिकाले तीन अंक बटुलेको छ ।

यस्तै सोमबार नै भएको दोस्रो खेलमा पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै बरदान थापाले गोल गर्दै पावर फिटनेशलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पावर फिटनेशले दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । कालिका भगवतीका सोनाम पुनले ह्याट्रिक गर्दै टिमको हार टारेका थिए । पुनले ५० औं, ५३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए । ६० औं मिनेटमा मनोज खत्रीले गोल गर्दै पावर फिटनेशलाई पुनः अग्रता दिलाएपनि कालिका भगवतीका सोनाम पुनले ६८ औं मिनेटमा ह्याट्रिक गोल गर्दै खेललाई बराबरीमा पु¥याए । बराबरीपछि दुवै टिमले एक/एक अंक बाढेका छन् ।

जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला लिगमा ८ टिमको सहभागिता रहनेछ । फुटबल संघले ८ टिमलाई दुई समूहमा विभाजन गरेर लिग सञ्चालन गरेको छ । लिगमा एक टिमले तीन खेल खेल्नेछन् । दुई समूहको शीर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्भने पुछारमा हुने टिम रेलिगेशनमा पर्ने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले बताए ।

प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल रामरेखा फुटबल क्लब र गुठी युनाईटेड क्लब विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा क्लब र बाल जिवन खेलकुद क्लब विच हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव रेशम गोतामेले जानकारी दिए ।

लिगको समूह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन्भने समूह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब रहेका छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki