Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लकडाउनमा आत्महत्या : समाजशास्त्रीय अध्ययनले के भन्छ ?

  • ३० श्रावण २०७७, शुक्रबार १७:३०

ललितपुरको इमाडोलमा बसोबास गर्ने एक इन्जिनियरले यही लकडाउनको अवधिमा जेठ महिनामा आत्महत्या गरे । आर्थिक हैसियत राम्रो भएका उनले आत्महत्या गर्नुपूर्व आफ्नो तिरोतारोबाँकी रहेका जति सबैको नाममा चेक काटेर आफूले प्राण त्यागेको अध्ययनमा पत्ता लाग्यो । तर उनको आत्महत्या किन भयो ? भन्ने विषयमा समाजशास्त्रीय अध्ययन भइरहेको त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरू बताउँछन् ।

यो समयमा भारतमा त ठूला सेलिब्रेटीले समेत आत्महत्याको बाटो रोजेको पाइन्छ । नेपालमा समेत धेरै यस्ता मुद्दाहरू छन् जुन मध्यम र उच्च आर्थिक हैसियत भएकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

आत्महत्याको सामाजशास्त्रीय कारण खोज्दै जाने हो भने आर्थिक अभाव मात्रै यसको कारण होइन । मान्छेको सोचाइ, आफ्नो कुरा लामो समयसम्म मनमा नै दबाउनुपर्ने बाध्यता र पुरानो परिवेशलाई नयाँमा ढाल्न नसक्नु पनि मुख्य कारण रहेको विभिन्न अध्ययनमा देखाएको छ ।

२०७६ चैत ११ गतेदेखि नेपालमा कोरोनाको प्रसार रोक्न गरिएको लकडाउनका कारण चार महिनासम्म धेरैजना घरभित्रै समय बिताउन बाध्य भए । यो कडा लकडाउनमा नागरिकको स्वास्थ्यकै लागि भए पनि यसले अर्काे साइड इफेक्ट गरेको तर्फ भने कसैले सोचेन । इमाडोलमा आत्महत्या गरेका इन्जिनियर मासिक ६० हजार रुपैयाँभन्दा धेरै कमाउँथे । उनको जीवनशैली उच्च स्तरकै थियो । तर उनलाई आत्महत्या गर्न केले बाध्य गरायो ? आत्महत्याको समाजशास्त्रीय अध्ययनको विषयमा नेपालमा हालसम्म अध्ययन नभएको बताउँछन् त्रिचन्द्र क्याम्पसका समाजशास्त्र विभाग प्रमुख सहप्राध्यापक डा. टीकाराम गौतम । तर जापानको होक्काइडो विश्वविद्यालयको स्कुल अफ हेल्थ साइन्सकी स्नातक विद्यार्थी कृतिका पौडेल र अस्ट्रेलियाका ला टोर्ब विश्वविद्यालयको बायोलोजी डिपार्टमेन्टका विद्यार्थी प्रमोद सुवेदीले यस विषयमा अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेका छन् ।

विभिन्न तथ्यांक अनुसार लकडाउन सुरु भएपछि साउनको मध्यसम्म मात्रै १५ जनाबढीले आत्महत्या गरिसकेका छन् । तथ्यांक अनुसार कोभिड सुरु भइसकेपछि दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन् । यसको कारणका बारेमा समाजशास्त्र, मानवशास्त्र र मनोविज्ञानले छुट्टाछुट्टै कोणबाट व्याख्या गर्ने गर्छ ।

घरबन्दीको समयअघिको सामाजिक परिवेशमा हुर्किएको मान्छेले घरबन्दीमा नयाँ परिवेश अनुकूल आफूलाई ढाल्न नसक्दा जीवनको अर्थ नबुझेर पनि आत्महत्या गर्ने गरेको डा. गौतम बताउँछन् । उनी मान्छेले पहिलेको परिवेश र साथीभाइसँग आफ्नो अनुभव सेयर गर्न नपाउँदा जीवनको अर्थ देख्न छाड्छ भन्ने समाजशास्त्रीय मान्यता रहेको उनी बताउँछन् । समाजशास्त्रीय मान्यता अन्तर्गत् पनि आर्थिक, मानसिक, पारिवारिक जस्ता विविध पक्षलाई व्याख्या गर्ने गरिन्छ ।

पौडेल र सुवेदीले नेपालमा लकडाउनको समयमा भएको आत्महत्याको विषयमा असारको तेस्रो साता अध्ययन प्रतिवेदन प्रकाशित गरेका थिए ।

सो रिपोर्ट अनुसार व्यापार र पर्यटन, कृषिमा परेको असर, शिक्षामा परेको असर, सञ्चार सम्पर्कमा भएको असर र कमजोर मानसिकताका कारण यो समयमा धेरैले आत्महत्या गरेको पाइएको छ ।

नेपालमा कोभिड सुरु भएसँगै पर्यटन क्षेत्रका दुई तिहाइभन्दा धेरैको जागिर गएको छ । त्यस्तै, व्यापार व्यवसायमा पनि ठूलो ह्रास आएको छ । तर यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने यकिन छैन । त्यसैले पनि यो क्षेत्रका मान्छेले समेत आत्महत्याको बाटो अपनाउने गरेको अध्ययनले देखाएको छ ।

नेपालको आर्थिक सर्वेक्षण अनुसार २५ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । त्यही गरिबीको रेखामुनि रहेका नागरिकको रोजगारी समेत गुमेपछि भोलिको भयावह सम्झिएर पनि आत्महत्या गरेको देखिन्छ । यी सबै सामाजिक कारणहरू हुन् ।

बन्दाबन्दी, कर्फ्यू, सेल्फ आइसोलेसन, सामाजिक दुरी र क्वारेन्टिन सम्बन्धी व्यवस्थाले नेपालीको समग्र शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सोचाइमा परिवर्तन गरेको छ ।

लकडाउनको सुरूवातसँगै सरकारले सबै सिनेमा हल, जिम, स्वास्थ्य क्लब र संग्रहालय जस्ता मनोरञ्जनका केन्द्रहरू बन्द ग¥यो । मनको भारी बिसाउने आध्यात्मिक केन्द्रहरू मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायत पनि बन्द भए । छिमेकीसँग कुरा गरेर हलुका हुने मनको भाव बिसाउने छिमेकी पनि घरभित्रै थुनिए । लामो समयको घर बसाइका कारण घरपरिवारसँग पनि सामान्य मनमुटाव सुरु भयो । यसले गर्दा आफ्नो योजना र अनुभव सुनाउने ठाउँ नभएर पनि मान्छेले आत्महत्याको बाटो रोजेको हुनसक्ने बताउँछन् सहप्राध्यापक डा. गौतम ।

बन्दाबन्दीको समयमा घरभित्र बस्दा उसले सुनेको मृत्यु र संक्रमणको जोखिमका कारण पनि नेपालीहरुमा डर, चिन्ता र अनिश्चितता पैदा हुने गरेको सो रिपोर्टमा उल्लेख छ ।

लकडाउनको समयमा भएको आर्थिक मन्दीले धेरै परिवारहरूमा आर्थिक दबाब सिर्जना गरेको छ । जसले अस्वस्थ संघर्ष, परिवार विच्छेद, दुरुपयोग, उदासीनता र घरेलु हिंसा बढाउन उत्प्रेरित गरेको समाजशास्त्रीय अध्ययनले देखाएको छ ।

वर्तमान महामारी र भविष्यमा हुने आपतकालीन समस्याहरूको सामना गर्न सरकारले पर्याप्त स्वास्थ्य उपकरण र दक्ष जनशक्ति थप गर्नुपर्ने सुझाव अध्ययनको छ ।

अर्काेतर्फ कोरोनाको बढी त्रासका कारण पनि धेरैले आत्महत्या गरेका छन् । नियमित आउने नकारात्मक समाचारले मान्छे त्रसित हुने र सम्भावित चुनौती सामना गर्न सक्दिन भन्ने कमजोर मानसिकताले पनि आत्महत्या दर बढिरहेको छ ।

त्यसैले सरकारले स्वास्थ्य सेवाको कार्यशक्तिलाई सुदृढ गर्दै, टोलटोलमा अनिवार्य स्वास्थ्य शिक्षा र प्रशिक्षण सञ्चालन गर्दै, विद्यमान स्वास्थ्य जनशक्तिको बुद्धिले उपयोग गर्दै, स्वास्थ्य अनुसन्धानको दायरामा लगानी बढाउने र सुसज्जित प्रयोगशालाहरूको स्थापना गरेर अहिलेको समस्या समाधानसँगै भविष्यमा हुनसक्ने समस्यालाई समेत समाधान गर्ने तर्फ ध्यान दिनुपर्ने सुझाव सो प्रतिवेदनमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki