Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विश्व रेडक्रस दिवसका अवसरमा बागलुङमा अन्तरक्रिया

bk logo final png
  • बागलुङखबर
  • २९ बैशाख २०८१, शनिबार ०९:०३

बागलुङ, २९ बैशाख । विश्व रेडक्रस दिवसको सन्दर्भ पारेर बागलुङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाको आयोजनामा सरोकारवाला संस्थाहरुबीच स्वास्थ्य तथा विपद् सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीले रेडक्रसलाई यसको मूल सिद्धान्त र मान्यता अनुसार विपद्मा सहयोग गर्ने संस्थाको रुपमा विकास गर्नुपर्ने बताए । ‘कहिलेकाँही रेडक्रस पनि आफ्नो मर्म र सिद्धान्त अनुसार अगाडि नबढेको हो कि भन्ने झल्को आउँछ,’कार्यक्रममा सहभागीले भने,‘रेडक्रसको सात सिद्धान्तमा भनिएका मानवता, निस्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा एकता र विश्वव्यापकतालाई ध्यानमा राखेर आफ्ना कामहरु अगाडि बढाउनुपर्छ ।’

कार्यक्रमा सहभागीले आपत विपदको बेला वितरण हुने राहत सामग्रीमा एकद्वार प्रणाली नहुँदा कतै आवश्यकता भन्दा धेरै राहत पुग्ने र कतिपय ठाउँमा कत्ति पनि राहत नपुग्ने समस्या रहेको उनीहरुको भनाई छ । ‘विकटका ठाउँमा कोही पनि नपुग्ने र सहज ठाउँमा सबै पुगेर राहत दिने र फोटो खिचाउने होडबाजी चल्छ,’उनीहरुले भने,‘राहत वितरणमा कम्तीमा एकद्वार पद्धति अपनाउन सक्नुपर्छ ।’ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले रेडक्रसलाई मानव सेवाका सिद्धान्त र भावना अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘सामाजिक र स्वयंसेवी संस्था भएका कारण यसमा लाग्नेहरु निस्पक्ष र मानवसेवामा तल्लिन हुनैपर्छ,’उनले भने,‘आपत विपदको बेला सम्झने भनेको सरकारी निकाय भनेको सिडिओ कार्यालय र सामाजिक संस्था रुपमा रेडक्रस नै हो । तटस्थता र स्वतन्त्रताको कुुरामा विशेष ख्याल राख्नुपर्छ ।’

उनले सबैको साझा प्रयासले स्रोत साधन जुटाउन समस्या नहुने बताए । ‘हामी सबै लाग्यौं भने स्रोत साधन जुटाउन कुनै समस्या हुँदैन,’उनी भन्छन्,‘हामी सबैले समस्या परेको बेला आपतकालिन सहयोग गर्ने स्रोत जुटाउनका लागि पहल गर्न सकिन्छ ।’ थापाले बागलुङ जिल्लाभर रेडक्रसको व्यापकता बनाउन ध्यान दिन आग्रह गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले सुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाले गरेका विभिन्न गतिविधिहरुबारेमा जानकारी गराईएको थियो । रेडक्रस गतिविधिबारे जिल्ला शाखाका मन्त्री भुवानी कँडेल र रेडक्रस बागलुङ मार्फत सञ्चालन हुँदै आएको समुदायमा आधारीत स्वास्थ्य परियोजना कार्यक्रमबारे कार्यक्रम अधिकृत गाकर्ण श्रेष्ठले प्रस्तुतीकरण राखेका थिए । उक्त परियोजना काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा सञ्चालित छ । विक्रम संवत २०२९ सालमा स्थापना भएको रेडक्रस बागलुङ जिल्ला शाखा अन्तर्गत अहिले ४४ वटा उपशाखा र ८० वटा विद्यालयमा जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन भएका छन् ।

रेडक्रसले अहिले बागलुङमा ब्लड बैंक सञ्चालनमा ल्याएको छ । स्रोत साधन र जनशक्तिको अभावमा पूर्ण क्षमतामा ब्लड बैंकले सेवा दिन नसकेको बताईएको छ ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखा सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत सदस्य गोविन्द पौडेल र सञ्चालन मन्त्री भुवानी कँडेलले गरेका थिए । विश्वमा सन् १८६३ सालदेखि सुरुवात भएको रेडक्रस अभियान नेपालमा विक्रम संवत २०२० सालमा सुरु भएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki