Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बरेङ, जैमिनी र काठेखोलामा निशुल्क स्वास्थ्य शिविर हुने

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८१, शनिबार २०:३२

बागलुङ, २२ बैशाख । धौलागिरि अञ्चल अस्पताल बागलुङले बरेङ, जैमिनी र काठेखोलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

महिलाको पाठेघर खस्ने समस्यालाई समाधानका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङले निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

आज भएको पत्रकार सम्मेलनमा स्त्रीरोग बिशेषज्ञ डा. रेखा शर्माले अस्पतातले बैशाख ३० गते बरेङ, जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर संचालन गर्न लागेकोे जानकारी गराएकी थिइन् । उनले पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको छ ।

शिविरमा पाटेघर खस्ने समस्याका साथसाथै फिस्टुला, निसन्तान दम्पत्तिको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे पनि परीक्षण गरिनेछ । त्यस बाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी पनि गरिने शर्माको भनाई रहेको छ ।

सरकारी अस्पतालमा पाठेघरको अपरेशन निशुल्क रुपमा हुनेछ । निजी संस्थामा गएमा भने डेढ लाख सम्मको रुपैयाँसम्म खर्च हुन् सक्नेछ । सरकारले पठाइदिने प्रतिव्यक्ति १३ हजार र अस्पताल विकास समितिले थप गर्ने ६ हजार गरी १९ हजारको उपकरण र औषधी प्रयोगपछि अपरेशन गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

अस्पतालले बिरामीको अवस्था पहिचान गरी अपरेशनको समय भने पछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको अपरेशन निशुल्क रुपमा गरिएको थियो । यो वर्ष पनि बिरामीको पहिचान भएमा निशुल्क रुपमा अपरेशन गर्ने पौडेलले जनाएका छन् ।

कार्यक्रम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानको स्वागत तथा नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki