Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा २६ बैशाखदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८१, शनिबार १८:४६

बागलुङ, २२ बैशाख । बागलुङमा जिल्ला छनौट (नकआउट) चरण र जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ जिल्ला फुटबल संघले बैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्ला छनौंट चरण (नकआउट) चरणको खेल र ३१ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।

बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले नवप्रवेशी ३ टिम र पहिले रेलिगेशनमा परेका दुई टिम गरी ५ टिम विच बैशाख २६ गतेदेखि नकआउट चरणको खेल संचालन हुने बताए । उनले नकआउट चरणमा अमर आदर्श स्पोर्टस् क्लब, तमान युवा क्लब, संयुक्त चार युवा क्लब र बागलुङ एकता क्लब र आदर्श विद्यामन्दिर खेलकुद क्लबले प्रतिष्पर्धा गर्ने जानकारी दिए । नकआउट चरणको विजेता टिमले अर्को वर्ष हुने जिल्ला लिग फुटबल प्रतियोगितामा बढुवा हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए ।

यस्तै बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । फुटबल संघले ८ टिमलाई दुई समुहमा विभाजन गरेर लिग संचालन गर्न लागेको जनाएको छ । ‘जिल्ला लिगमा ८ टिमको सहभागिता रहेको छ,’ अध्यक्ष राजभण्डारीले भने,‘४÷४ टिमलाई दुई समुहमा विभाजन गरेर एक टिमले तीन खेल खेल्ने गरी लिग गर्दैछौं । दुई समुहको शिर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन ।’

लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् । संघले लिगमा सहभागि हुने टिमले धौलागिरी अञ्चल बाहिरका दुई र छिमेकी जिल्ला पर्वत, म्याग्दी र मुस्ताङका चार जना गरी ६ जनासम्म खेलाडीहरु राख्न पाउने नियम गराएको महासचिव गोतामेले बताए । उनले नकआउट चरणका खेलमा सहभागि हुने टिमले जिल्ला बाहिरका खेलाडीहरुलाई समावेश गर्न नपाउने बताए ।

फुटबल संघले शनिबार नकआउट चरण र लिगको समय तालिका समेत सार्वजनिक गरेको छ । नकआउट चरणको पहिलो खेल संयुक्त चार युवा क्लब र आदर्श विद्यामन्दिर विच हुनेछ । यस्तै पहिलो सेमिफाइनल अमर आदर्श स्पोर्टस् क्लब र बागलुङ एकता क्लब विचहुनेछ भने दोस्रो सेमिफाइनल तमान युवा क्लब र पहिलो खेलको विजेता टिम विच हुनेछ ।

यस्तै जिल्ला लिगमा दुई समुह विभाजन गरिएको छ । समुह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब रहेका छन्भने समुह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाईटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब रहेका छन् ।

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ७ लाख बजेट प्राप्त हुनेछ । अपुग खर्च भने स्थानीय तह र व्यवसायीबाट जुटाईने अध्यक्ष राजभण्डारीले बताए । उनले प्रतियोगिताको लागि बागलुङ नगरपालिका वडा नं. २ को कार्यालयले खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

संघले लिग तयारीका प्रत्येक टोलीलाई दुई किस्तामा गरी २५ हजार रुपैया उपलब्ध गराउने भएको छ । पहिलो किस्तामा २० र दोस्रो किस्तामा ५ हजार प्रदान गरिने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki