Skip to content

follow us

baglungkhabar.tv

13th July 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सर्वोत्कृष्ट मोडलको उपाधी बागलुङका थापालाई

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८१, शनिबार १०:५२

काठमाण्डौं, २२ बैशाख । तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ बाट सर्वोत्कृष्ट मोडलको उपाधी कलाकार तथा मोडल प्रेम थापाले जितेका छन् ।

नेपाल संगीत उद्योग संघले प्रदान गर्ने ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ बाट थापालाई सर्वोत्कृष्ट मोडलको उपाधी प्रदान गरिएको हो । “नेपाली गीत, सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान” भन्ने मुल नाराका साथ संचालित म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनालेबाट थापाले सर्वोत्कृष्ट मोडलको उपाधी हात पारेका हुन ।

थापाले सर्वोत्कृष्ट मोडलको उपाधी जाम सुस्तै सुस्तै बेनी बजारमा शीर्षकको लोकदोहोरी गीतबाट प्राप्त गरेका हुन् । छनोटमा पाँचओटा गीत परेका थिए जसमध्ये थापाले अभिनय गरेको जाम सुस्तै सुस्तै बेनी बजारमा शीर्षकको लोकदोहोरी गीत सर्वोत्कृष्ट भएको थियो ।

बागलुङको तित्याङमा जन्मिएका थापा विगत एक दशक देखी गीत सङ्गीत र मोडलिङ क्षेत्रमा अनवरत रुपमा लागिरहेका एक होनहार प्रतिभा हुन् । उनले दर्जन भन्दा बढी गीतमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका छन् । यसका साथै सर्वोत्कृष्ट निर्देशकको रुपमा तिमी र म जाम माया गीतका निर्देशक काजिस श्रेष्ठले उपाधी प्राप्त गरेका छन् । कार्यक्रममा सङ्गीतका विभिन्न २९ विधाका कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले सबै अवार्ड विजेतालाई सम्मान गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

लोकप्रिय

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´

दोस्रो आदर्श कपको सेमिफाइनल समिकरण पूरा

कक्षा १२ को नतिजा सार्वजनिक

लेखक रोहिणी राणाको पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक

भर्खरै

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियो : थापा

धान दिवसको अवसरमा उत्कृष्ट पाँच कृषक पुरस्कृत

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. (9867685343)

सह-सम्पादक:
खिम बहादुर कार्की (9857620300)

संवाददाताः
सुजन रेग्मी (9860893186)

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki