म्याग्दी, १७ बैशाख । अन्नपूर्ण गाउँपालिका ६ ,घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्।
घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो।
आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका घरमा क्षति भएको हो । स्थानीय जितबहादुर बरुवाल (राम) को घर र पसल जलेर १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको वडा अध्यक्ष खड्काले जानकारी दिए।
त्यसैगरी आगलागीका कारण पाँचओटा कुटानी पिसानी मिल र घरमा राखिएका मिटरबक्स जलेर क्षति भएको छ। नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ।