Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नगरको गौरवको योजना : ब्लु हिल पर्यटकीय गन्तव्य

  • १६ बैशाख २०८१, आईतवार १९:२५

बागलुङ् बजारसँग सिमाना जोडिएको ठाँउ हो तित्याङ् । साविक तित्याङ् गा.वि.स भएपनि अहिले बागलुङ नगरपालिकाको नौ नम्बर वडा अन्तर्गत पर्दछ । जहाँबाट हामीले विभिन्न हिमश्रृङ्खलाहरु लगायत विभिन्न ठाँउका मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ ।

बागलुङ् बजारबाट करिब १४।१५ किलोमिटरको दुरीमा पर्छ तित्याङ्को डोय । डोयबाट करिब एक दर्जन हिमश्रृङ्खला सँगसँगै बागलुङ् बजारको पनि अवलोकन गर्न सकिन्छ । यस ठाँउको पूर्वमा भकुण्डे पर्दछ भने पश्चिममा सिगाना पर्दछ । त्यस्तै उत्तरमा रायडाँडा रहेको छ भने दक्षिणमा बागलुङ् बजार अवस्थित रहेको छ ।

डोयबाट देखिने दृष्यहरुलाई पर्यटकीय गन्तव्य बनाउनको लागि बागलुङ् नगरपालिकाले गौरवको योजना कार्यान्वयनमा लागि अग्रसरता देखाएको छ । नगरपालिकाले डोयलाई नगरपालिका स्तरिय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार समेत निर्माण गर्न थालिसकेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण डोयमा पर्ने डाँडालाई नगरपालिकाले ब्लु हिल नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम थालेको हो । नगरपालिकाले डोयलाई ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेर काम सुरुवात समेत गरेको छ ।

ब्लु हिल पर्यटकीय पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले रु ७० लाख बजेट बिनियोजन गरिएको छ । यो ब्लु हिल निर्माण सम्पन्न गर्नका लागि २४ करोड ५६ लाख २२ हजार लागत लाग्ने अनुमान गरिएको छ । यहाँ वनभोज रुथल, ध्यान केन्द्र, विभिन्न ठाँउहरु हेर्नका लागि दृष्यावलोकन स्थल, पक्की शौचालय, मन्दिर, पार्किङ लगायतका विभिन्न संरचनाहरु बनाउने तथा हरियो डाँडालाई ब्लु हिलको रुपमा बिकास गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको उत्कृष्ट गन्तव्य स्थल बनाउँदै लैजाने बागलुङ् नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा रु ७० लाख बजेट बिनियोजन गरेर जग्गाको चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने काम धमाधम थालिएको श्रेष्ठको भनाई रहेको छ ।

श्रेष्ठले भन्नुभयो ब्लु हिल स्वदेशी तथा बिदेशी पर्यटकलाई आर्कषित गर्ने गरी नामाकरण गरेका छौ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियालीका बिच दृष्यावलोकन गर्न सक्नेछन्, नगरपालिकाले दीर्घकालीन योजना कार्यान्वयन गर्ने सन्दर्भमा डिपिआर सहित पूर्वाधार निर्माणमा जुटेका हौ । यो ठाँउ अत्यन्तै पर्यटकीय संभावना बोकेको ठाँउ हो ।

समुन्द्री सतहदेखि करिब २२०० मिटरको उचाईमा रहेको डोयको डाँडालाई ब्लु हिल पर्यटकीय गन्तव्य नामाकरण गरेसँगै विभिन्न आन्तरिक तथा वाह्य पर्यटकहरु आवतजावत गर्न थालेका छन् । अब डाँडामा पर्यटकीय पूर्वाधार निर्माण शुरु भइसकेपछि त्यहा पुग्ने सडक लगायतका पूर्वाधारहरुको पनि विस्तार हुदैँ जाने नगरपालिकाको विश्वास रहेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ७० लाख बजेटले ब्लु हिल पर्यटकीय पूर्वाधार निर्माण कार्य शुरु गरिएको छ । हालसम्म जग्गा व्यवस्थापनमा २० लाख खर्च भइसकेको छ भने पक्की पर्खाल लगाउने र शिव मन्दिर निर्माणको काम शुरुवात भइसकेको बागलुङ् नगरपालिका वडा न. ९ तित्याङका वडा अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

यो डाँडा आफैँमा प्राकृतिक भ्यू टावरका रुपमा रहेको डाँडा हो, यहाँबाट बागलुङ् बजार लगायत दर्जनौँ हिमश्रृङ्खलाहरु देख्न सकिन्छ, यहाँ पर्यटकको कुनै कमी हुने छैन् तर यहाँ आउने बाटो स्तरिय हुन आवश्यक रहेको छ । शुरुमा डोयको डाँडालाई ब्लु हिल बनाउछु भन्दा कसैले विश्वास गरेका थिएनन्, अहिले लाखौँको पूर्वाधार बन्न थालेपछि स्थानीयहरु खुसी भएका छन्, सबै संरचना पूर्ण बन्नका लागि २४ करोड खर्च लाग्ने थापाको भनाई रहेको छ ।

डिपिआर अनुसार शिव मन्दिर सहित शौचालय, खानेपानीको धारा, ध्यान केन्द्र, जीम हल, पार्किङ, गेट र व्यापारिक सटरहरु लगायतका पूर्वाधारहरु निर्माण गरिनेछ । यस ठाँउलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि सडक मर्मत संहार गर्ने काम पनि गर्न थालिएको छ । अहिले ब्लु हिलसम्म पुग्नका लागि कालोपत्रेका लागि आवश्यक अध्ययन गर्ने काम पनि भइरहेको थापाको भनाई छ ।
ब्लु हिल निर्माणको पहिलो चरणमा जग्गाको व्यवस्थापन, पर्खाल निर्माण र मन्दिरको काम थालिएको छ । नगरपालिकाले आवश्यक बजेटका लागि संघ र प्रदेशसँग पनि आवश्यक साझेदारी गर्न सकिने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki