Skip to content

follow us

baglungkhabar.tv

25th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

bk logo final png
  • बागलुङखबर
  • १४ बैशाख २०८१, शुक्रबार २१:४९

बागलुङ, १४ बेशाख । वनको लागेको डढेलो निभाउने क्रममा बागलुङमा एक जनाको जलेर मृत्यु भएको छ ।

घरदेखि करिब एक किलोमिटर पश्चिम जंगलको गोरेटो बाटोमा लागेको डढेलो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिलगुमका ४८ वर्षिय देवसिंह कामीको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

सिलगुमस्थित पाखोबारी तथा जंगलामा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका ३१ वर्षिय ज्ञान बहादुर बुढा मगर र ३३ वर्षिय प्रेम बहादुर घर्ति मगर घाइते भएका छन् । उनीहरुको अनुहार, खुट्टा र शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । घाइतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा भईरहेको छ । उनका अनुसार, घाइतेको अवस्था मध्यम छ ।

सोही आगलागीबाट तमानखोला २ सिलगुमकै ५२ वर्षिय राम बहादुर कार्कीको जस्ताले छाएको दुईतले ढुंगेघर र गोठ, ४० वर्षिय सुर्य बहादुर सिर्पालीको दुईतले गोठ जलेर नष्ट भएको छ । आगलागीबाट पशुचौपायामा पनि क्षति पुगेको छ ।

तमानखोलाको सिलुगमबाट शुरु भएको डढेलो ढोरपाटनसम्म फैलिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ३ गुजास्थित खगेन्द्र विकको दुईतले कच्ची घरगोठ, ढाल बहादुर पुनको दुईतले कच्ची र बल बहादुर घर्तिको एकतले गोठ जलेर नष्ट भएका छन् । आगोबाट हुने क्षति कम गर्न स्थानीयको सहयोगमा प्रहरीले आगो निभाउने प्रयास गरिरहेको यादवले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki