Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

माल्दिभ्समा चीनलाई उछिन्न भारतले गर्दैछ प्रयास

  • ३० श्रावण २०७७, शुक्रबार १७:२४

३० साउन, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाको सीमानजिकैको सहरमा लगाइएको चीनको पेटी सडक पहललाई टक्कर दिनका लागि माल्दिभ्समा भारतले महत्त्वपूर्ण भौतिक संरचना निर्माण परियोजनामा प्रतिबद्धता जनाएको छ ।

भारतले हिन्द महासागरमा रहेको माल्दिभ्सको सबभन्दा ठूलो नागरिक संरचना परियोजनामा सहयोग गर्ने भएको हो । परियोजना अन्तर्गत राजधानी मालेलाई तीनवटा टापु भिल्लिंगिली, गुलहिफाहु र थिलाफुशीसँग ६.७ किलोमिटर पुल र कजवेले जोडिनेछ ।

यस परियोजनाले माल्दिभ्सको अर्थतन्त्र र भौगोलिक बनोटलाई बृहत्तर कनेक्टिभिटीमार्फत परिवर्तन गर्नेछ । ग्रेटर माले कनेक्टिभिटी प्रोजेक्ट विकासका लागि भारतले १० करोड डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ ।

भारतले माल्दिभ्सलाई ४० करोड डलरको लाइन अफ क्रेडिट पनि उपलब्ध गराउनेछ । थिलाफुशी टापुमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरिनेछ । अन्य दुई टापुमा बन्दरगाह निर्माण गरिनेछ ।

सन् २०१८ मा इब्राहिम मोहम्मद सोलिह राष्ट्रपति बनेपछि माल्दिभ्सले चीनका बीआरआई परियोजनाहरूको समीक्षा गरिरहेको छ । उनीभन्दा अघिका राष्ट्रपति अब्दुल्ला यामीनले चिनियाँ परियोजनामा जोड दिएका थिए ।

उक्त परियोजनामा सबभन्दा विशाल चाहिँ १.४ किलोमिटरको माल्दिभ्स–चीन मैत्री पुल हो । त्यसले मालेलाई पूर्वी टापुहरू हुलहुले र हुलहुमालेलाई जोड्नेछ ।

माल्दिभ्सले पेटी सडक पहल परियोजनाका आर्थिक विषयमा चिन्ता व्यक्त गर्ने गरेको छ । केही विश्लेषकहरूले त्यसलाई ऋण पासो नाम दिएका छन् ।

यामीनको शासनकालमा चीन र चिनियाँ कम्पनीहरूलाई बढी महत्त्व दिइन्थ्यो । त्यसले भारतलाई असहज बनाएको थियो । माल्दिभ्स १२ सयवटा टापुहरूको समूह भएकाले हिन्द महासागरको मध्यमा विशाल क्षेत्रमा जलमार्ग अधिकार दाबी गर्छ ।

चीनले पाकिस्तान, नेपाल, म्यान्मार, बंगलादेश लगायत भारतका छिमेकी मुलुकहरूमा प्रभाव विस्तार गरिरहेकाले भारत घेराबन्दीमा परेको अनुभव गर्छ ।

भारत अहिले माल्दिभ्स लगायतका मुलुकलाई फकाउने कोशिश गरिरहेको छ । माल्दिभ्सका सोलिहले भारत पहिलो नीति अपनाउन थालेको देखिन्छ ।

माल्दिभ्स आर्थिक वृद्धिका लागि मुख्यतः पर्यटनमा निर्भर छ । कोरोनाभाइरस फैलिएपछि लगाइएको लकडाउनका कारण उसले अहिले कठोर आर्थिक क्षति बेहोरेको छ किनकि विदेशी पर्यटक आउन पाएका छैनन् । विश्व बैंकको अनुमान अनुसार उसको अर्थतन्त्र ११ देखि १४ प्रतिशतले घट्नेछ ।

भारतले माल्दिभ्सलाई ४० करोड डलर बराबरको मुद्रा सटही सुविधा पनि दिएको छ । विदेशी मुद्रा सञ्चितिको अभाव र वृद्धि रोक्काबाट मुक्त हुन माल्दिभ्सलाई यसरी भारतले सहयोग गरेको हो । माल्दिभ्सले यस वर्ष लगभग ४० करोड डलरको बजेट घाटा सहने लक्षण देखिँदैछ ।

एसिया टाइम्सबाट

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki