Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाँच महिने छोरी हिमानीको जीवनरक्षाका लागि सहयोगको अपिल

bk logo final png
  • बागलुङखबर
  • १२ बैशाख २०८१, बुधबार ०७:३६

बागलुङ, १२ बैशाख । बागलुङको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवनरक्षाका लागि सहयोगको अपिल गरेका छन् । आफ्नी ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए ।

हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भइरहेको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नु परेको उनले बताए ।

‘काठमाण्डौको वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास गर्यौँ, अहिले कान्ति बाल अस्पतालमा राखेको छु’उनले भने,–‘अब छोरीलाई बचाउने हो भने कलेजो प्रत्यारोपण गरे मात्रै सम्भव छ भनेर डाक्टरले भनेका छन् । त्यो पनि यहाँ हुँदैन भारत लैजानुपर्छ रे ।’ अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए ।

‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसरी तसरी गर्थें होला, बुर्तिबाङ देखाउँदा यहाँ कान्तिमा पठाईदियो, अहिले यहाँबाट भारत लैजा भनेको छ । उनले भने–‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । म गाउँमा खेती किसानी गरेर बस्ने मान्छेले कसरी जुटाउनु त्यत्रो पैसा ?’ बाउ आमा गाउँमै खेती किसान गरेर जिविकोपार्जन गर्दै आएकाले हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए ।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने–‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभयो भने नानुलाई बचाउन सकिएला भनेर सहयोगको अपिल गरेका छौँ।’ सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैङ्क गोंगबु शाखा काठमाण्डौमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

कसैले सहयोगका लागि सम्पर्क गर्नुपरेमा ९८६७६४३२२५, ९८४९४६१३३९ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ । गत चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार गरिएको छ । अस्पतालका डाक्टरले कि कलेजा प्रत्यारोपणका लागि भारत लैजान कि घरमा लैजान भनेको बताईएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

महिला समूहलाई बाख्रा उपहार

रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याउने तयारी

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

विजया दशमीको उत्तम साइत बिहान ११ः०२ बजे

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki