Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इजरायलले थाल्यो एक सेकेन्डमै कोरोनाभाइरस संक्रमण भए नभएको पत्ता लगाउने परीक्षण

  • ३० श्रावण २०७७, शुक्रबार १७:२२

३० साउन, काठमाडौं । इजरायलको सबभन्दा ठूलो मेडिकल सेन्टरले कुनै व्यक्ति कोरोनाभाइरसबाट संक्रमण भए नभएको एक सेकेन्डभित्र पत्ता लगाउने परीक्षण थालेको बिहीवार जनाएको छ ।

परीक्षणका क्रममा मानिसहरूलाई नूनपानी दिएर कुल्ला गर्न लगाइयो अनि एउटा भाँडोमा थुक्न लगाइयो । त्यसपछि त्यसलाई सानो स्पेक्ट्रल डिभाइसले परीक्षण गरियो । थुकिएको पानीमा प्रकाश देखाएर कोभिड–१९ भए नभएको विश्लेषण गरिनेछ ।

समय बित्दै जाँदा यसले थप सही परिणाम दिने अपेक्षा गरिएको छ ।

शेबा मेडिकल सेन्टरमा सेन्टर फर जियोग्राफिक मेडिसिन यान्ड ट्रपिकल डिजीजेजका एली स्वार्जले परीक्षणको नेतृत्व गरिरहेका छन् । उनले कोभिड–१९ पत्ता लगाउने पीसीआर स्वाबभन्दा यसलाई प्रयोग गर्न सजिलो हुने बताए ।
‘

अहिलेसम्मको परीक्षणमा हामीले उत्साहजनक परिणाम पाएका छौं । यो बढी सहज र सस्तो छ,’ उनले भने ।

आरम्भिक क्लिनिकल ट्रायलमा सयौं रोगीहरूलाई समावेश गरिएको थियो र यो नयाँ डिभाइसले शरीरमा भाइरस रहे नरहेको कुरा ९५ प्रतिशत मिलाएको थियो ।

जेरुसेलमको हिब्रू विश्वविद्यालयमा मोलिक्युलर भाइरोलोजीका विज्ञ आमोस पानेले यस डिभाइसका विषयमा अन्तिम निर्णय लिनुअघि थप आँकडा र तुलना गर्नुपर्ने बताए ।

रोयटर्सबाट

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki