काठमाडौँ, २६ चैत्र। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हलमार्क सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा रहेको सुन आज एक लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ तोकेको छ । आइतबार १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।