Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्यालय बसका चालकलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २४ चैत्र २०८०, शनिबार २२:३४

बागलुङ्, २४ चैत । ट्राफिक प्रहरी कार्यालय बागलुङ्ले जिल्लामा रहेका विद्यालय बसका चालकलाई एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न भएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, सवारी न्यूनीकरणका उपाय, चालक सह–चालकले पालना गर्नुपर्ने नियम, ट्राफिक चिन्हबारे जानकारी गराउनु भएको हो । सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ को बिषयमा पनि प्रशिक्षण गरिएको थियो । ऐन आएपनि पूर्ण रुपमा पालना नभएको समेत सरोकारवालाको भनाई रहेको थियो ।

सरकारले सातबर्ष अघि ल्याएको निर्देशिका पालना नगर्दा सडकमा दुर्घटना हुने, सवारी जाम हुने र त्यसले अनावस्यक अन्य घटना पनि सिर्जना गर्ने गरेको हो । जथाभावी संचालन भैरहेका बस तथा भ्यान र माइक्रोबसले नियम नमान्दा सडक दुर्घटना बढेको र सवारी जाम बढेको निउरेको भनाई छ ।

निर्देशिकामा उल्लेख भएका नियम स्कुल बसले पालना नगरेको भेटिएको हो । सिट क्षमताभन्दा बढी बालबालिका राख्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, बिद्यालय समयमा कोचाकोच बिद्यार्थी राख्ने गरेका छन । हरेक सवारी साधनमा आपतकालिन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनु पर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ तर उक्त निर्देशिका पालना भएको छैन ।

गाडीमा फोहोर फाल्ने बाल्टी समेत राख्नुपर्ने प्रावधान छ । सवारी जाँचपास प्रमाणपत्र साथैमा राखिनुपर्ने उल्लेख भएपनि अधिकांसले नराखेका हुन । अधिकांस बसले सवारी जाँचपास बनाएकै छैनन् यातायात व्यवस्था कार्यालयकी प्रमुख गोमादेवी रिजालले भन्नुभयो, ‘बिद्यार्थी बोकेको देखेपछि सबैले छाडिदिन्छन भन्ने मान्यताले बेथिती बढेको छ ।’ हरेक बसले क्षमताबढी बिद्यार्थी बोक्ने गरेको पनि राम्रो नभएको उहाँले बताउनुभयो ।

साना बालबालिका राखेको निहुँमा कतिपय बसले एकै सिटमा ३ देखि ४ जनासम्म राखेर पनि बिद्यार्थी ओासर्ने गर्छन् । उनीहरुको तोकिएको रुट र रोक्ने स्थान पनि उल्लेख छैन । उहाँले पहिलो चरणको सचेतना थालिसकेको बताए । पटक पटक यो समस्या देखियो भने कारवाही गर्ने उहाँले बताउनुभयो ।

बैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रको क्रममा प्रभावकारी अनुगमन गरेर कारवाही थाल्ने निउरेले जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल, शिक्षक, चालक र सहचालक राखेर ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki