बागलुङ्, २४ चैत । ट्राफिक प्रहरी कार्यालय बागलुङ्ले जिल्लामा रहेका विद्यालय बसका चालकलाई एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सम्पन्न भएको सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, सवारी न्यूनीकरणका उपाय, चालक सह–चालकले पालना गर्नुपर्ने नियम, ट्राफिक चिन्हबारे जानकारी गराउनु भएको हो । सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ को बिषयमा पनि प्रशिक्षण गरिएको थियो । ऐन आएपनि पूर्ण रुपमा पालना नभएको समेत सरोकारवालाको भनाई रहेको थियो ।
सरकारले सातबर्ष अघि ल्याएको निर्देशिका पालना नगर्दा सडकमा दुर्घटना हुने, सवारी जाम हुने र त्यसले अनावस्यक अन्य घटना पनि सिर्जना गर्ने गरेको हो । जथाभावी संचालन भैरहेका बस तथा भ्यान र माइक्रोबसले नियम नमान्दा सडक दुर्घटना बढेको र सवारी जाम बढेको निउरेको भनाई छ ।
निर्देशिकामा उल्लेख भएका नियम स्कुल बसले पालना नगरेको भेटिएको हो । सिट क्षमताभन्दा बढी बालबालिका राख्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, बिद्यालय समयमा कोचाकोच बिद्यार्थी राख्ने गरेका छन । हरेक सवारी साधनमा आपतकालिन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनु पर्ने, प्राथमिक उपचार बक्स र अग्नि नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ तर उक्त निर्देशिका पालना भएको छैन ।
गाडीमा फोहोर फाल्ने बाल्टी समेत राख्नुपर्ने प्रावधान छ । सवारी जाँचपास प्रमाणपत्र साथैमा राखिनुपर्ने उल्लेख भएपनि अधिकांसले नराखेका हुन । अधिकांस बसले सवारी जाँचपास बनाएकै छैनन् यातायात व्यवस्था कार्यालयकी प्रमुख गोमादेवी रिजालले भन्नुभयो, ‘बिद्यार्थी बोकेको देखेपछि सबैले छाडिदिन्छन भन्ने मान्यताले बेथिती बढेको छ ।’ हरेक बसले क्षमताबढी बिद्यार्थी बोक्ने गरेको पनि राम्रो नभएको उहाँले बताउनुभयो ।
साना बालबालिका राखेको निहुँमा कतिपय बसले एकै सिटमा ३ देखि ४ जनासम्म राखेर पनि बिद्यार्थी ओासर्ने गर्छन् । उनीहरुको तोकिएको रुट र रोक्ने स्थान पनि उल्लेख छैन । उहाँले पहिलो चरणको सचेतना थालिसकेको बताए । पटक पटक यो समस्या देखियो भने कारवाही गर्ने उहाँले बताउनुभयो ।
बैशाखदेखि शुरु हुने नयाँ शैक्षिक सत्रको क्रममा प्रभावकारी अनुगमन गरेर कारवाही थाल्ने निउरेले जानकारी दिनुभयो ।
विद्यालयका प्रिन्सिपल, शिक्षक, चालक र सहचालक राखेर ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।