बेनी, २३ चैत । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन्।
आज (शुक्रवार) दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनीबाट एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
बसचालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा बालबालिकासहित २४ जना रहेका थिए।
प्रहरीका अनुसार गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको कारण खुलेको छैन।