काठमाडौँ, १५ चैत्र। नेकपा (एमाले) का पूर्वसचिव टोपबहादुर रायमाझी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा छन् ।
नेता रायमाझी मुटुमा समस्या देखिएपछि बुधबार केन्द्रमा भर्ना भएका थिए ।
उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चाल निगरानी गर्न केन्द्रमा भर्ना गरिएको बताए ।
उनको मुटुको ईसीजी गरिएको र चिकित्सकको निगरानीमा रहेको उनले बताए
रासस