Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय सहमतिअनुसार शान्ति प्रक्रिया टुङ्ग्याउँछौं – प्रधानमन्त्री प्रचण्ड

  • १४ चैत्र २०८०, बुधबार १६:५८

काठमाडौँ, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामहरू राष्ट्रिय सहमतिका आधारमा टुङ्ग्याउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।

द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेटवार्ता गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेशको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सरकारको इच्छा भए पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न हुन नसकेको प्रचण्डले स्वीकार गरे । उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने शक्ति छन् ।

सरकार प्रमुखले शान्ति प्रक्रियाका बाँकी काम गर्न सरकारले विधेयक अगाडि बढाएको जानकारी दिए ।

साथै उनले द्वन्द्वपीडितका परिवारलाई रोजगारी, द्वन्द्वमा घाइते भएकाहरुको उपचार र आवासको व्यवस्था गर्न सरकारले पहल गरिरहेको बताए ।

प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याएर दिगो शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

रासस

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki