Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रदेश-२ मा कोरोनाले हालसम्म ४० जनाको मृत्यु

  • ३० श्रावण २०७७, शुक्रबार १७:१४

३० साउन, जकपुरधाम । प्रदेश-२ मा कोरोनाको संक्रमणबाट हालसम्म ४० जनाको मृत्यु भएको छ। यो प्रदेश कोरोनाबाट अक्रान्त बन्दै गएको छ। आइसोलेसन कक्षमा भरिभराउ छ। दिर्घरोगीहरु कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेका छन् ।

प्रदेश २ का आठ जिल्लामा करिब ६० लाख जनसंख्या छ। यो प्रदेश भारतसँग नजिक छ। खुल्ला सीमा छ। यहाँका मानिसहरु भारतमा रोजगारी र पारिवारिक सम्बन्धले आउजाउ गर्छन्। भारतबाट आएका अधिकांसमा कोरोना फेला पर्छ तर, सचेतता भने निकै कम छ।

‘दिर्घरोगीहरु नै बढी संक्रमित छन्। कोरोनासंग लड्न उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता कम भएकोले ज्यान गइरहेको छ,’जनस्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ प्रशासक बिजय कुमार झाले भने,‘संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभिकै हो।’

भारतबाट आएकाहरुको व्यवस्थानामा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृतकको ग्राफ उकालो लगेको हो। साउन २९ गतेसम्म प्रदेशभरीमा ६ हजार ४ सय २८ जना कोरोना संक्रमित भएको समाजिक विकास मन्त्रालय जनकपुरधामले जनाएको छ। ३ हजार ५ सय जना कोरोना जितेर घर फर्किएका छन्।

क्वारेन्टाइन भद्रगोल बन्नु, पिसिआर परिक्षणमा ढिलाई हुनु, संक्रमितलाई व्यवस्थानमा ध्यान नदिनु, सीमा नाका खुकुलो हुनु, संक्रमितले भेन्टिलेटर नपाउनु, कारोनालाई ख्यालख्यालमा लिनु जस्ता कारणले प्रदेश-२ कोरोनाको उच्च जोखिममा पुगेको हो। प्रदेश-२ मा दैनिक ८ सय जनाको कोरोना परिक्षण भइरहेको छ। जनकपुर, राजबिराज र बीरगन्ज गरि तीन स्थनमा कोरोना परिक्षण प्रयोगशाला राखिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki