बागलुङ्, ६ चैत । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
७ जनाको घटनास्थल र २ जनाको बुतिवाङ प्राथमिक स्वास्थ्यमा मुत्यु भएको थियो । मुत्यु हुनेमा ३ जना महिला र ६ पुरुष रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३२ जना यात्रु सवार गाडी १ सय ५० मिटर तल खसेको थियो । घाइतेहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र , धौलागिरी अस्पताल र अन्य घाईतेहरुको पोखरा उपचार भईरहेको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।