पर्वत, २१ फागुन । पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रतीक चिन्न (लोगो) बनाउने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागी सार्वजनिक रूपमा आव्हान गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले गाउँपालिकाको नाम र झन्डा हुनुपर्ने बताउनुभयो ।
लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता राष्ट्रियता ,स्वाधीनता, संघीय ईकाइ वा विभिन्न जात जाती धर्म सम्प्रदाय बिचको सु सम्बन्ध खलल पर्ने जातिय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनिए तथा प्रतिकुल हुन नहुने सुचनामा उल्लेख छ ।
उत्कृष्ट लोगो बनाउने व्यक्तिलाई नगद १० हजार दिइने जलजला गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिनुभयो ।