Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्थतन्त्र संकटमा भएको बेला आफूले सम्हालेपछि निराश हुनु पर्ने अवस्था छैन ः अर्थमन्त्री महत

bk logo final png
  • बागलुङखबर
  • १८ फाल्गुन २०८०, शुक्रबार २०:५३

बागलुङ, १८ फागुन । शुक्रबार बागलुङको पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्राह्माण्डी महायज्ञको अवसरमा आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदान सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै देशको अर्थतन्त्र संकटमा भएको बेला आफूले सम्हालेको सुनाउँदै निकै मेहनतपछि अहिले निराश हुनु पर्ने अवस्था नरहेको बताउदै उहाँले अर्थतन्त्रका सूचकहरु सहि रुपमा संचालन भइरको भन्दै बाहिर नकरात्मक प्रचार गरेको र आर्थिक क्षेत्रहरु चलायमान हुन थालेको मन्त्री महतले बताउनुभयो ।

मन्त्री महतले बैंक व्याजदर घटेको छ, मूल्यवृद्धिको दर घटेको छ, अरु धेरै सूचकहरु हेर्दा, अर्थतन्त्रको सुधार भएको देखिएको छ, संकटमा मैले सम्हाले, अहिले पनि निरन्तर अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन प्रयत्न गरि रहेका छौँ, अहिले नकरात्मक प्रचार गरेका छन्, नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै संभावना छ, हरेक नागरिकले सकरात्मक सोच्नु पर्छ, सबै यहीँ गर्न सकिन्छ भन्ने दृष्टिकोण राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्र सुधारमा थप टेवा पुगेको बताउनुभयो । हरेक नेपाली नागरिकले आफ्नो देशलाई माया गरेर सकरात्मक सन्देश दिनु पर्नेमा जोड दिनुभयो । पर्यटन र जलविद्युतमा अथाहा संभावना रहेको हुँदा रोजगारी सृृजना गर्नतर्फ सरकारको ध्यान गइरहेको उहाँले बताउनुभयो ।

पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा भएका संरचनाको विकासको प्रशंसा गर्दै पञ्चकोट धार्मिक गन्तव्य हुने बताउनुभयो । पञ्चकोट क्षेत्रको सडक, खानेपानीमा लगायतका विकासको क्षेत्रमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

स्वामी कमलनयनाचार्यले जल, जमिनको संरक्षण गरि विकास निर्माण लाग्न आग्रह गर्नुभयो । जल रहे मात्रै सिंगो मानव जीवन रहने हुँदा राज्यले यस तर्फ गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले अर्थमन्त्रीमार्फत वैदिक सनतान धर्मको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki