Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने

bk logo final png
  • बागलुङखबर
  • १४ फाल्गुन २०८०, सोमबार २०:३९

बागलुङ, १४ फागुन । एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयाेजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।

यही फागुन २१ गते बागलुङमा हुने कार्यक्रममा चर्चित कलाकार, खेलाडी र सञ्चारकर्मीले प्रशिक्षण दिने ग्रेस इन्टरनेशनल बागलुङ शाखाका सञ्चालक ओमकार पौडेलले जानकारी दिनुभयो । शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित विज्ञ तथा कलाकारहरुले आफ्नो अनुभव र परामर्श दिने छन् ।

कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेल, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, टेलिभिजनकर्मी आरके धिताल, एन्ड्रयु पौडेल, लगायतका चर्चित व्यक्तिहरु सहभागी हुने पौडेलको भनाइ छ । पछिल्लो समय युवा र विद्यार्थीहरु रोजगार र शैक्षिक गन्तव्यको खोजीमा भौतारी हुँदा उनीहरुलाई परामर्श दिन ‘द रोड अहेड’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

पौडेलले भन्नुभयो – ‘हामीहरुले विद्यार्थीलाई विदेश जानु पर्छ भनेर प्रेरित गर्नका लागि यो कार्यक्रम आयोजना गरेको होइनौँ, नेपालमा पनि अवसर छ, यही पनि केही गर्न सकिन्छ भन्ने प्रेरणा दिनका लागि यो कार्यक्रम गर्न थालेका हौँ, कार्यक्रममा आउनेलाई विभिन्न व्यक्तिहरुले संभावना देखाउने खालका प्रशिक्षण दिनुहुने छ ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाले गत वर्षदेखि बागलुङमा स्थापना भई स्वदेश तथा विदेश पढ्ने विद्यार्थीहरुका लागि परामर्श दिँदै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki