Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धम्जामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ६ फाल्गुन २०८०, आईतवार ०७:५७

बागलुङ, ६ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा संचालित तीन दिने उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिका–३ धम्जाका वडाअध्यक्ष कुल बहादुर विश्वकर्माले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न सुझाव दिनुभयो । उहाँले वडामा हुने साना ठूला कार्यक्रम संचालनदेखि सामुदायिक वन, सहकारी, समुह र विद्यालयहरुका बैठक र कार्यक्रम संचालन र भाषण गर्ने सिपको विकास गर्नको लागि तालिमले सहयोग पु¥याउने अपेक्षा लिइएको बताउनुभयो ।

‘मैले वडाभित्र हुने क्लबका कार्यक्रम देखि सामुदायिक वन, सहकारी, विद्यालय, समुह लगायतका बैठक संचालनहरु हेर्दै आएको छु,’ वडाअध्यक्ष विकले भन्नुभयो,‘कतिपय समुहमा बैठक कसरी संचालन गर्ने समेत ज्ञानको अभाव भएको देखिन्छ । यो तालिमले सहभागीहरु बैठक संचालनेदखि कार्यक्रमहरुमा ढुक्कले बोल्न सक्नेमा विश्वस्त छु ।’

काठेखोला गाउँपालिकाकी कार्यपालिका सदस्य सुन्तली विकले सिकेको कुरालाई तयारी गर्दै व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले सुरु सुरुमा भाषण गर्न र कार्यक्रम संचालन गर्न डर लाग्ने समस्या रहेपनि तयारी र अभ्यास गर्दै गएमा ढुक्कले प्रस्तोता बन्न र भाषण गर्न सकिने बताउनुभयो । कार्यपालिका सदस्य विकले तालिमबाट सिकेको कुराहरु व्यवहारमा लागु नगरेमा पालिका र वडाको लगानी खेर जाने बताउँदै सिकेको कुरालाई व्यवहारमा लागुगर्नुपर्नेमा जोड दिनुभयो ।

समापन समारोहमा नेकपा एमाले काठेखोला–३ धम्जा वडा कमिटीका सचिव सुर्य भण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तथा तालिमका मुख्य प्रशिक्षक तारानाथ आचार्य, प्रशिक्षार्थी प्रेम बहादुर श्रीस, सिद्धिमान छन्त्याल, सिर्जना विक लगायतले बोल्नुभएको थियो ।

बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन काठेखोला गाउँपालिका–३ धम्जाका वडा सचिव मनहरी कंडेलले गर्नुभएको थियो ।

काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग समन्वय र बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङको सहजिकरणमा सम्पन्न भएको तालिममा धम्जाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिकाका सदस्य र विद्यार्थी गरी एक सय जनाभन्दा बढीको सहभागिता रहेको छ । तीन दिनसम्म संचालित तालिममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य, सदस्य अर्जुन कार्की र पत्रकार खिम बहादुर कार्कीले सहजिकरण गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki