बागलुङ, ३ फागुन । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले श्रद्वा पुर्वक भगवती मातालाई समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन गरेको छ ।
कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले कालीका मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरि मन्दिरमा चढाइएकाे जिन्सी सामान सार्वजनिक गरि कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको थियो । खड्का अध्यक्ष बनेपछि मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि ,सुन ३ टाेला ,४५ लाल र चाँदी ३ सय टाेला ११ टाेला निस्केको कालीका गुठीका सचिव अर्जुन खड्काले बताउनुभयो ।
यस्तै कालीका भगवती गुठीले माघ,महिनामा१९ लाख ७२ हजार ८०रूपैयाँ कुल आम्दानी गर्न सफल भएको छ भेटी बापत १० लाख ८९ हजार ३ सय ६५ रूपैयाँ ,चामल बाट १६ हजार ५ सय ,बाेका बाट २ हजार ,कुखुरा बाट २ सय , भाडा बापत ३ लाख १४ हजार ४ सय ,विवाह बाट ११ हजार ५ सय आर्थिक सहयोग ८३ हजार ८ सय ६५ रूपैयाँ ,परेवा बिक्री बाट ४ लाख ४५ हजार २ सय ५० रूपैयाँ ,ब्रतबन्ध बापत ९ सय रूपैयाँ ,र पण्डित बाट ८ हजार १ सय रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष रामबहादुर खड्काले बताउनु भयो ।
यस्तै माघ महिनामा कालीका गुठी ब्यवस्थापन समितिमा २० लाख ३५ हजार ८ सय ६० रूपैयाँ रहेको छ ।कर्मचारी तलब बापत ३ लाख ५७ हजार ९ सय अतिथि सत्कार बापत ९ हजार ९ सय ६० रूपैयाँ ,पुर्वाधार विकास तथा निर्माण १४ लाख १५ हजार ,पुजा खर्च ६२ हजार ,पाेशाक छपाइ तथा वितरण ३० हजार ,मेसिनरी तथा उपकरण खर्च ३१ हजार , खाध्यान्न तथा आवासमा ४१ हजार ४ सय रूपैयाँ ,मर्मत संभार २५ हजार ,विज्ञापन २ हजार र सांस्कृतिक कार्यक्रम तथा भजन ६१ हजार ६ सय खर्च भएको काेषाध्यक्ष खड्काले बताउनु भयो ।
कालीका भगवती गुठीले हरेक महिनाको पहिलो साता गुठीले गरेको आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक गर्ने गरेको छ ।