Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धम्जामा तीन दिने उद्घोषण, भाषणकला तथा मन्टेश्वरी तालिम सुरु

bk logo final png
  • बागलुङखबर
  • ३ फाल्गुन २०८०, बिहीबार १८:४८

बागलुङ, ३ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा आज (बिहिबार)देखि तीन दिने उद्घोषण, भाषणकला, मन्टेश्वरी चेतनामूलक तालिम (कार्यक्रम) सुरु भएको छ ।

काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग समन्वय र बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङको सहजिकरणमा तालिम संचालन भएको हो । तालिमको उद्घाटन गर्दै काठेखोला गाउँपालिका–३ धम्जाका वडाअध्यक्ष कुल बहादुर वि.क.ले वडाबासीहरुको वाककला सुधारको लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले वडाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिकाका सदस्य र विद्यार्थीहरुलाई वाक कला, उद्घोषण र भाषणकलाको विकास गर्न तालिमले सहयोग पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिका–३ धम्जाका वडा सदस्य प्रेम बहादुर घर्ती र नेकपा एमाले धम्जा वडा कमिटीका सचिव सुर्य भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रको स्वागत मन्तव्य वडा सचिव मनहरी कंडेल र संचालन पत्रकार तथा तालिमका मुख्य प्रशिक्षक तारानाथ आचार्यले गर्नुभएको थियो ।

तालिममा धम्जाका महिला स्वास्थ्य स्यमंसेविका, शिक्षक, संघसंस्था, सहकारी, सामुदायिक वन उपभोक्ता समितिकाका सदस्य र विद्यार्थी गरी एक सय जनाको सहभागिता रहेको छ । तीन दिनसम्म संचालन हुने तालिममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्य र सदस्य अर्जुन कार्कीले गर्नुहुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki