Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म गएपछि पनि यतै रहनेछु

  • जनक कार्की
  • १ फाल्गुन २०८०, मंगलवार २०:०७

म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु
अखबारको वर्गिकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निस्चित मितिमा
अलिकति म भान्सा कोठाको पिर्कामा रहनेछु
शौचालय र स्नान कक्षमा झरेका रौँहरूमा रहनेछु
थाल,कचौरा,अम्खरामा मेरा र्‍यालका किटाणुहरू पनि केही दिन पक्कै रहलान्
बैठक कोठाको सोफामा चिया पिउदा पोखिएको दागमा पनि रहनेछु
शयन कक्षमा म सुतेर खिचिमिजि बनाएको तन्नामा पनि म भेटिनेछु
सम्पूर्ण घर जहाँजहाँ मैले स्पर्श गरे त्यहाँ औंठाछापहरूमा पाइने छु ।

म जलाइएपछि पनि बादलको जुलुसमा एक टुक्रा भेटिनेछु
हावाका झोंकाहरूमा थोरै परिणाममा मिसिएर रहनेछु
अलिकति त यहि माटोमा मिसिएर अजर रहनेछु
जल्न नसकेको शेष अंशहरू किरा,फटयांग्रा,माछाहरूको भोजनमा भेटिनेछु ।

म साथीहरू माझ बदमासीका किस्साहरूमा गफिनेछु
मन दुखाएकाहरूको घृणामा बस्नेछु
अर्धांगिनीसँगको निर्लज्ज हर्कतमा रहनेछु
केहि मुटुको खुत्रुकेमा जम्मा गरिएका खुद्रा यादहरूमा हुनेछु
तिथिको मन्त्रोउच्चारणमा पनि भेटिन सक्छु ।

म गएपछि पनि यतै रहनेछु
पाठशालाको पूरानो भर्ना ढड्डामा हुनेछु
शैक्षिक प्रमाणपत्रको लेमिनेटेड कागजमा भेटिनेछु
नागरिकताको श्यामश्वेत तस्बिरमा रहनेछु
अन्त कतै नभेटिए पनि पालिकाले प्रदान गरेको
मृत्यु दर्ता प्रमाणपत्रमा त म अवश्य भेटिनेछु ।

जसरी सबै कुरा बडारेर पनि कुचोमा केही अंश धुलो अड्किन्छ
त्यसैगरी म रहनेछु केही मात्रामा ।

म गएपछि पनि मैले ओगटेर बसेको स्थानमा खालीपनको डोब बनेर रहनेछु, यतैकतै !

  • जनक कार्की
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki