Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रथम फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि आयोजकलाई

bk logo final png
  • बागलुङखबर
  • २९ माघ २०८०, सोमबार २१:२७

बागलुङ, २९ माघ । प्रथम फ्युचर कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक फ्युचर ब्राईटर बोर्डिङले जितेको छ ।

फ्युचरले फाइनलमा रूद्रेपिपल मा.विलाई ४-० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । फ्युचरले न्यू एभरेष्ट एकेडेमी र रूद्रेपिपलले गुराँस विद्या सदनलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगिताको विजेता फ्युचर र उपविजेता रूद्रेपिपलले क्रमशः नगद १२ हजार र ६ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ । यस्तै सेमिफाइनलमा पुगेको गुराँस विद्या सदन र न्यू एभरेष्ट एकेडेमीले नगद प्राप्त गरेको थियो ।

प्रतियोगितामा रूद्रेपिपल मा.विका सुलभ थापा सर्वोत्कृष्ट खेलाडी, फ्युचरका साहिल खड्का उत्कृष्ट गोलरक्षक र फ्युचरकै श्रीकृष्ण जि.सी सर्वाधिक गोलकर्ता बनेका छन् ।

फ्युचर ब्राईटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर आयोजित कक्षा ६ सम्मका विद्यार्थीको फुटसल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा फ्युचर ब्राईटर बोर्डिङ स्कुलका प्रधानध्यापक बालकृष्ण शर्मा, न्यू एभरेष्ट एकेडेमीका प्रधानध्यापक कृष्ण अधिकारी, फ्युचर ब्राईटरका शिक्षक सुनिता पुरी, निर्णायक आशिष के.सी, रोशन खत्री लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम कार्यक्रम फ्युचर बाल क्लबका अध्यक्ष अमृत थापाको अध्यक्षता, शिक्षक टिकाजित पुनको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki