Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस चौतारी कप फुटबलको उपाधि चिल्ड्रेन लाईफलाई

bk logo final png
  • बागलुङखबर
  • २३ माघ २०८०, मंगलवार ०५:५८

बागलुङ, २३ माघ । प्रेस चौतारी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

सोमबार भएको उपाधि भिडन्तमा आमर आदर्श माध्यमिक विद्यालयले २—० गोल अन्तरले पछि पार्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको सन्दर्भ पारेर बागलुङ जिल्ला शाखाले आयोजना गरेको फुटबल प्रतियोगितामा चिल्ड्रेन लाईफलाई उपाधि दिलाउन लोकमान थापामगर र बरदान थापामगरले एक एक गोलको योगदान गरे ।

पहिलो हाफको १९ औं मिनेटमा डि बक्स भित्र पाएको पासलाई अगाडि बढाउँदै लोकमान थापामगरले चिल्ड्रेन लाईफको लागि पहिलो गोल गरे । उनलाई अमर आदर्शका दुई डिफेन्डरले रोक्ने प्रयास गरे पनि गोल किपरसंग आमने सामने हुँदै सहज रुपमा बललाई जाली चुमाउन सफल भए । पहिलो हाफमा बल पोजिसन राम्रो रहेको अमर आदर्श पहिलो गोल खाएपछि केही दबाबमा देखियो । चिल्ड्रेन लाईफका लागि दोस्रो गोल खेलको ३५ औं मिनेटमा बरदान थापाले गरे ।

थापाले दायाँ कर्नरबाट आएको कर्नर किकलाई हेडर मार्फत उत्कृष्ट गोल गर्न सफल भएका थिए । चिल्ड्रेन लाईफले दोस्रो हाफमा पाएको केही मौका सदुपयोग गर्न नसकेपछि खेलको नजिता २–० हुन पुग्यो । पहिलो हाफको सुरुमै आक्रामक देखिएको चिल्ड्रेन लाईफलाई त्यसपछि केही समय अमर आदर्शले दबाबमा राख्यो । अमर आदर्शले लामो समयसम्म चिल्ड्रेन लाईफको एरियामा बल पोजिसन लिए पनि गोलका लागि मौका बनाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । फाईनल खेलको म्यान अफ द म्याच चिल्ड्रेन लाईफका लोकमान थापा मगर भए ।

फाईनल जितेको चिल्ड्रेन लाईफले उपाधिसंगै नगद ५० हजार ट्रफि र मेडल हात पारेको छ । उपविजेता बनेको अमर आदर्शले नगद २५ हजार ट्रफि र मेडल प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाइफका क्याप्टेन विविध थापा भए । प्रतियोगिताका सर्वाधिक गोलकर्ता चिल्ड्रेन लाईफकै बरदान थापा, उत्कृट मिड फिल्डर चिल्ड्रेन लाईफका थमन थापा र उत्कृष्ट डिफेन्डर अमर आदर्शका सरोज कार्की भए ।

प्रतियोगितामा उत्कृष्ट किपर अमर आदर्शका आशिष रोका मगर, प्रतियोगिताको अनुसासिन टिम सिगाना माध्यमिक विद्यालय हुँदा उत्कृष्ट कोच चिल्ड्रेन लाईफका सौगात खड्का चुनिएको प्रेस चौतारी नेपाल बागलुङका सचिव अर्जनु कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नेकपा एमाले स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मेडल ट्रफि र नगद पुरस्कार वितरण गरे ।

खेल सोमबार बाङ्गेचौर मैदानमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki