Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस चौतारी कपको उपाधि भिडन्त भोलि

bk logo final png
  • बागलुङखबर
  • २१ माघ २०८०, आईतवार १९:१०

बागलुङ, २१ माघ । ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल र अमर आदर्श आवासिय माध्यमिक विद्यालय बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा बागलुङ बजारमा जारी प्रतियोगिताको आईतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन लाईफले आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयलाई ३–० र दोस्रो सेमिफाइनल खेलमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले फ्युचर ब्राइटर बोडिङ्ग स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

चिल्ड्रेन लाईफलाई फाइनलमा पु¥याउन खेलको कप्तान विविध थापाले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा थम्मन थापाको गोलबाट अग्रता दोब्बर बनाएको चिल्ड्रेनको लागि ४६ औं मिनेटमा प्रमोद थापाले गोल गर्दै फाइनल यात्रा पक्का गरेका थिए ।

यस्तै हेन्सन बोहोराको गोलको मद्धतमा अमर आदर्श फाइनलमा पुगेको छ । हेन्सनले खेलको ३० औं मिनेटमा गरेको गोलनै निर्णयक गोल बन्यो ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनल भोली (सोमबार) दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछभने उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी सहित विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने प्रेस चौतारी नेपाल बागलुङले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki