बागलुङ, १९ माघ । प्रेस चौतारी कप २०८० को पहिलो दिन समूह चरण अनतरगतका चार खेल सम्पन्न भएका छन् ।
उद्घाटन खेलमा बिद्यामन्दिर माविलाई २ का बिरुद्ध ४ गोल गर्दै चिल्डेन लाइफ बोडिङ स्कुल बिजयी भएको छ । यस्तै दोस्रो खेलमा भिमसेन माविलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै फ्युचर व्राइटर बोडिङ स्कुल, तेस्रो खेलमा न्यु ओयसिस एकेडेमीलाई १ का बिरुद्ध २ गोल गर्दै आदर्श बिद्या मन्दिर मावि र चौथो खेलमा गुँरास विद्या सदनलाई १ का बिरुद्ध २ गोल गर्दै रुद्रेपिपल मावि बिजयी भएका छन् ।
स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका साथ २२ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ बिद्यालय सहभागी भएको प्रेस चौतारी नेपाल बागलुङका उपाध्यक्ष तथा टिम संयोजक खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो ।
उद्घाटन पूर्व नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ जेसीजका बिच मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको थियो । खेलमा बागलुङ जेसीजले ४ गोल गर्दै बिजयी भएको थियो ।