Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चीन र थाइल्याण्ड आधिकारिकरूपमा भिसामुक्त युगमा प्रवेश गर्ने

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ माघ २०८०, सोमबार ०५:५८

बैंकक, माघ १५ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा–नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गर्नु भएको हो ।

यसले पक्कै पनि द्विपक्षीय जनता–जनताबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताउनुभएको छ ।

उहाँले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताउनु भएको छ ।

आगामी वर्ष चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताउनुभयो।  रासस, सिन्ह्वा

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki