Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नवलपुरमा ४० जना कुष्ठरोगी फेला

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ माघ २०८०, आईतवार १९:३८

कावासोती, माघ १४। नेपाल कुष्ठरोगमुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग सङ्क्रमित व्यक्तिहरू देखा परेको देखिएको छ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगीप्रति हुने भेदभाव अन्त्य गरौँ’ नारासहित आइतबार ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ ।

नयाँ कुष्ठरोगका बिरामी भने फेला परिरहेका छन् । विशेषगरी तराईका १६ वटा जिल्लामा अझै पनि कुष्ठरोगी भेटिन्छन् । पूर्वी नवलपरासीमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म १६ जना नयाँ कुष्ठरोगीका बिरामी भेटिएका छन् ।

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष १० जना र महिला ६ जना रहेको जनाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन डिल्लीराम तिवारीका अनुसार नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेका छन् ।

जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । अहिले गैँडाकोटमा १६ जना, देवचुलीमा ७ जना, कावासोतीमा ८ जना, विनयी त्रिवेणीमा ३ जना र मध्यविन्दुमा ५ जना कुष्ठरोगीले औषधी सेवन गरिरहनुभएको छ । चालु आर्थिक वर्षमा ८ जना निको भएको छ ।

जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरहेको भए पनि नवलपुरमा नयाँ १६ जना थपिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर बनाउछ । पछिल्ला दिनमा कुष्ठ रोगीप्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्णरुपमा अन्त्य हुन सकेको छैन ।

जनचेतनाकै विस्तारसँगै मानिसमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki