बागलुङ, ४ माघ । बागलुङमा दुर्गा प्रसाई माथि कुटपिटको प्रयास भएको छ ।
नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेका हुन् । प्रसाई मञ्चमा उक्लने क्रममा गौतमले हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । गौतमलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।
‘दुर्गा प्रसाई मञ्चमा उक्लिने क्रममा हातपातको प्रयास भएको हो,’ डिएसपि केसीले भने,‘हातपातको प्रयास गर्ने गौतमलाई पक्राउ गरिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा छन् ।’ घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपि केसीले बताए ।