बागलुङ, ३ माघ । पत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्यतथ्य बाहिर ल्याउन बागलुङका पत्रकारहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलन थालेका छन् ।
पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथी बागलुङ महोत्सवको अन्तिम दिन नागरिक माथी भएको प्रहरी दमनको फोटो तथा भिडियो कैद गरिरहेको सन्दर्भमा प्रहरीले लाठी चार्ज गर्दा रानालाई चोट लागेको थियो ।
घटनापछि जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको छानबिन टोली गठन भएपनि घटनाको ८ दिन वित्दा समेत सत्यतथ्य बाहिर नआएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाहिर एक घण्टा धर्ना दिएका थिए ।
प्लेकार्ड बोकेका पत्रकारहरुले प्रहरी मेरो साथी पत्रकारलाई लाठी, पे्रष स्वन्त्रता सुनिश्चित गर भन्ने जस्ता नारा समेटिएको प्लेकार्ड बोकेका थिए ।
५ दिनमा प्रतिबेदन पेस गर्ने भनेतापनि ८ दिन सम्म प्रतिबेदन पेश नगरेको र दोषीलाई कार्वाही गर्नेतर्फ प्रहरी प्रशासनलाई दवाव दिनका लागि धर्ना दिइएको थियो । पत्रकार महासंघले दोषीलाई कार्वाही नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पत्रकारहरुलाई प्रहरी संगठनबाट भएको कमजोरी महशुस हुँनेगरी कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले समितिले तत्कालै प्रतिवेदन पेश गर्न निर्देशन गर्नुभएको थियो ।