Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घटनाको सत्यतथ्य बाहिर ल्याउन बागलुङका पत्रकारहरु चरणबद्ध आन्दोलनमा

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ माघ २०८०, बुधबार १७:३२

बागलुङ, ३ माघ । पत्रकार बिजय राना प्रहरीबाट कुटिएको घटनाको सत्यतथ्य बाहिर ल्याउन बागलुङका पत्रकारहरुले आजबाट चरणबद्ध रुपमा आन्दोलन थालेका छन् ।

पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथी बागलुङ महोत्सवको अन्तिम दिन नागरिक माथी भएको प्रहरी दमनको फोटो तथा भिडियो कैद गरिरहेको सन्दर्भमा प्रहरीले लाठी चार्ज गर्दा रानालाई चोट लागेको थियो ।

घटनापछि जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको छानबिन टोली गठन भएपनि घटनाको ८ दिन वित्दा समेत सत्यतथ्य बाहिर नआएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाहिर एक घण्टा धर्ना दिएका थिए ।

प्लेकार्ड बोकेका पत्रकारहरुले प्रहरी मेरो साथी पत्रकारलाई लाठी, पे्रष स्वन्त्रता सुनिश्चित गर भन्ने जस्ता नारा समेटिएको प्लेकार्ड बोकेका थिए ।

५ दिनमा प्रतिबेदन पेस गर्ने भनेतापनि ८ दिन सम्म प्रतिबेदन पेश नगरेको र दोषीलाई कार्वाही गर्नेतर्फ प्रहरी प्रशासनलाई दवाव दिनका लागि धर्ना दिइएको थियो । पत्रकार महासंघले दोषीलाई कार्वाही नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पत्रकारहरुलाई प्रहरी संगठनबाट भएको कमजोरी महशुस हुँनेगरी कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले समितिले तत्कालै प्रतिवेदन पेश गर्न निर्देशन गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki