बागलुङ, २ माघ। धौलागिरी अस्पताल बागलुङले आफ्नो ६५ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले २०१५ सालमा डिपेन्सरी सेवाबाट सेवा प्रारम्भ गरेको थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले संचालन गर्न सबै सरोकारवाला निकायले अस्पताललाई सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुमध्ये डा. विजय ओझा, पूर्वअध्यक्ष टिकाराम सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट सेवा गर्ने ८ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. विजय ओझा, मेडिकल अधिकृत डा.नकुल रेग्मी, वरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारी,अहेव दुर्गा श्रीस, ल्याब असिस्टेण्ट लाल कुमारी बस्नेत, सहायक लेखापाल ध्रुव प्रसाद सुवेदी, मेडिकल रेकर्डर नवराज पौडेल र कार्यालय सहयोगी राज कुमारी थापा रहनुभएको छ ।
धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलको अध्यक्षता, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रवी रंजन प्रधानको स्वागत तथा मेडिकल रेकर्डर नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।