Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ढोरपाटनमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

bk logo final png
  • BAGLUNGKHABAR
  • २८ पुष २०८०, शनिबार १६:२७

बागलुङ, २८ पुष । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । मृत्तक चन्द्रगिरी नगरपालिका–५ की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्ती रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ९ जना यात्रु घाईते भएका छन् । घाईतेमध्य ६ जनाको अवस्था गम्भिर रहेको र ३ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले बताए । उनले घाईतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताए । गम्भिर घाईतेहरुलाई थप उपचारको लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यस्थापन गर्न लागिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

मृत्तक गैरे चन्द्रगिरीबाट बागलुङको पर्यटकीयस्थल ढोरपाटन घुम्न आएकी यात्रु रहेको प्रहरीले जनाएको छ । जीप सालझन्डि ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका ५ प्याङ्खोलाको उकालो ब्रेकफेल भइ दुर्घटना भएको प्रहरी निरीक्षक केसीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki