Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शिक्षक ब्याडमिन्टनको उपाधि गुँरास विद्या सदनलाई

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ पुष २०८०, शनिबार २२:५६

बागलुङ्, १४ पौष । चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको डबल मेन शिक्षक ब्याडमिन्टनको उपाधि गुँरास विद्या सदनले जितेको छ ।

आज सम्पन्न भएको खेलमा आयोनक चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुललाई फाइनलमा २१।९ र २१।१७ को सेटमा पराजित गर्दै विजेता भएको हो । विजेता खेलाडीमा गुँरास विद्या सदनमा मिलन खत्री र कल्याण भण्डारी रहनुभएको थियो भने चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलबाट बुद्धिबल थापा मगर र तार्जन कायत मगर रहनुभएको थियो ।

खेलमा बागलुङ् बजारका १३ टिम र गल्कोटको एउटा टिम गरी १४ टिमको सहभागिता रहेको थियो । जसमा चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका पाँच टिम, गुँरास विद्या सदनका दुई टिम तथा अन्य स्कुलका एक एक टिमको सहभागिता रहेको थियो ।

खेलको अध्यक्षता चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा चिल्ड्रेन लाइफ स्र्पोट क्लबका अध्यक्ष नवराज श्रेष्ठले गर्नुुभएको थियो । उहाँले यस्ता खालका कार्यक्रमहरु गरेर शिक्षकको हौसला बढाउनुपर्ने करामा जोड दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेपाल ब्याडमिन्टन संघ बागलुङका अध्यक्ष विर बहादुर किसान रहनुभएको थियो । उहाँले खेलमा रुचि राख्नेहरुलाई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

मर्यादित वातावरणमा रुदे्रपिपल कभडहलमा खेलिएको खेल रोहन जि सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

खेलका तस्विरहरु ः

  

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki