बागलुङ्, १४ पौष । चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको डबल मेन शिक्षक ब्याडमिन्टनको उपाधि गुँरास विद्या सदनले जितेको छ ।
आज सम्पन्न भएको खेलमा आयोनक चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुललाई फाइनलमा २१।९ र २१।१७ को सेटमा पराजित गर्दै विजेता भएको हो । विजेता खेलाडीमा गुँरास विद्या सदनमा मिलन खत्री र कल्याण भण्डारी रहनुभएको थियो भने चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलबाट बुद्धिबल थापा मगर र तार्जन कायत मगर रहनुभएको थियो ।
खेलमा बागलुङ् बजारका १३ टिम र गल्कोटको एउटा टिम गरी १४ टिमको सहभागिता रहेको थियो । जसमा चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका पाँच टिम, गुँरास विद्या सदनका दुई टिम तथा अन्य स्कुलका एक एक टिमको सहभागिता रहेको थियो ।
खेलको अध्यक्षता चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा चिल्ड्रेन लाइफ स्र्पोट क्लबका अध्यक्ष नवराज श्रेष्ठले गर्नुुभएको थियो । उहाँले यस्ता खालका कार्यक्रमहरु गरेर शिक्षकको हौसला बढाउनुपर्ने करामा जोड दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल ब्याडमिन्टन संघ बागलुङका अध्यक्ष विर बहादुर किसान रहनुभएको थियो । उहाँले खेलमा रुचि राख्नेहरुलाई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।
मर्यादित वातावरणमा रुदे्रपिपल कभडहलमा खेलिएको खेल रोहन जि सीको सञ्चालनमा सम्पन्न भएको थियो ।
खेलका तस्विरहरु ः