Skip to content

follow us

baglungkhabar.tv

7th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रपतिले गरे बागलुङ कालिका भगवतीको दर्शन

bk logo final png
  • BAGLUNGKHABAR
  • ११ पुष २०८०, बुधबार २१:१२

बागलुङ, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले देशकै प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गरेका छन् ।

आजदेखि (बुधबार) सुरु भएको सातौं बागलुङ महोत्सवको उद्घाटनको लागि बागलुङ आएका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिरमा विशेष पूजाआराधना गरेको हुन् ।

पूजाआराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपतिलाई काठबाट बनाइएको मन्दिरको मुत्र्ति उपहार दिएका थिए । पूजाआराधना पछि राष्ट्रपति पौडेलले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझाव सहित हस्ताक्षर गरेका छन् ।

बागलुङ जिल्लाको सदरमुकाममा रहेको बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए ।

मन्दिरमा देशभरीका दर्शनार्थीहरु र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् ।

बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताए । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ ।

कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

लोकप्रिय

निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगे

बालविवाहमुक्त योजना कागजमै सीमित

नेकपा सचिवालयको बैठक भदौ १८ गतेलाई सर्यो

पूरानालाई ससम्मान बिदाई र नयालाई स्वागत गर्नुपर्छ ः रवि लामिछाने

भर्खरै

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा रास्वपाका खड्का भारी मतान्तरसहित विजयी

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki