काठमाडौँ, ७ पौष । बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ।
आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ वैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
बबइ नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उनको उपचारका लागि आरसी थारु मेमेरोयल अस्पताल लगिएकामा १ :२० बजेको समयमा मृत्यु भएको चिकित्सकलाई उद्धत गर्दै बर्दिया प्रहरीले जनाएको छ।