Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जैमिनीमा शुक्रबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु

bk logo final png
  • BAGLUNGKHABAR
  • ७ पुष २०८०, शनिबार ०८:५६

बागलुङ, ७ पुस । जिल्लाको जैमिनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

शुक्रबार नगरप्रमुख नरबहादुर पुनले प्रतियोगिताको शुभारम्भ गरे । उनले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । खेल संरचना निर्माणमा नगरले प्रयाप्त ध्यान दिने बताए । खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने उनको धारणा थियो ।

नगर उपप्रमुख हरिहर शर्माले खेलकुदले युवा पलायन रोक्न मद्धत गर्ने बताए । उनले यस प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभाको प्रस्फुटन गर्न मद्दत गर्ने बताए । उपप्रमुख शर्माले खेलमा हार र जित भन्दा विद्यार्थीहरु विच घुलमिल र विद्यालयहरु विच आत्मीयता बढाउने रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा भुमी आयोगका जिल्ला सदस्य सोभा प्रसाद शर्मा, सुन्तलाचौर माध्यमिक विद्यालयका प्राधानाध्यापक बिष्णु प्रसाद सापकोटा, जनता माविकी प्रधानाध्यापक हुमाकुमारी शर्मालगायतले बोलेका थिए । कार्यक्रम वडा सामाजिक बिकास समितिका संयोजक वडा नं। १ का अध्यक्ष बिष्णु आचार्यको स्वागत र नगर शिक्षा अधिकारी खेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त अबसरमा हिमालयन आवासिय मावि र शान्ति माविले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki