Skip to content

follow us

baglungkhabar.tv

12th February 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नगरको बालमैत्री अभियान अन्तर्गत रामरेखामा बाल सञ्जाल तथा वडा समिति गठन

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ पुष २०८०, बिहीबार १९:४१

खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकालाई २०८१ पौष मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान वडा केन्द्रित भएको छ ।

वडा–वडालाई बालमैत्री बनाएपछि मात्रै नगरपालिका बालमैत्री गराउनका लागि नगरपालिकाको बालमैत्री अभियान वडा केन्द्रित भएको हो । बागलुङ नगरपालिका–१ रामरेखालाई बालमैत्री वडा बनाउनका लागि एक कार्यक्रमका बीच बाल सञ्जाल गठन तथा वडा समिति गठन गरिएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा वडा कार्यालयदेखि स्थानीय नागरिक, जनप्रतिनिधि, विद्यार्थी, सरोकारवाला तथा कर्मचारीहरु सहितको समूहले ¥याली, बाजा गाजा सहित रामरेखा परिक्रमा गरी बाङ्गेचौर खेल मैदान पुगेर वडा स्तरीय बाल सञ्जाल तथा वडा समिति गठन तथा घोषणा गरिएको छ ।

सरोकारवालाले बालमैत्री वडा बनाउन प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बालमैत्री नगर बनाउने अभियानमा वडा–वडाबाट उत्साहजनक सहभागिता भएको बताउनुभयो ।

श्रेष्ठले बालमैत्री नगरपालिका घोषणाका लागि नगरवासीको अमुल्य सहयोग आवश्यकता रहेको बताउदै वडास्तरबाटै उत्साहजन साथ पाउन थालेको बताउनुभयो ।

“बालमैत्री अभियान नगरको मात्र हैन, आम नगरवासीको हो, बालमैत्री नगरपालिका बनाउन यहाँहरुको साथ चाहिन्छ, सबै मिलेर बालमैत्री नगर बनाउने अभियानलाई सफल पारौं, बालबालिकामा गरेको लगानी खेर जादैन” श्रेष्ठले भन्नुयो “बागलुङ नगरपालिकाको वडा स्तरीय बालमैत्री अभियानमा वडाबासीको उत्साह देख्दा नगरपालिका खुसी भएको छ, नगरपालिकालाई बालमैत्री बनाउदा बाल शिक्षा, स्वास्थ्य तथा बालमैत्री क्रिर्याकलापमा सहज हुन्छ ।”

उहाँले बालमैत्री नगर बनाउँदा राष्ट्रिय स्तरमै नगरको गरिमा उचो हुने बताउदै नगरपालिकाको अभियानले बालबालिकाको सामाजिक, शैक्षिक गुणस्तरमा समेत सहयो पु¥याउने छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखर, समाजसेवी केबी राना मगर, चिल्डे«न लाईफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ लगायतले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर खत्रीको अध्यक्षता, शिक्षा अधिकृत गौरव रानामगरको सञ्चालन र वडा सदस्य शान्तिदेवी शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सयौं बालबालिका र अभिभावकको उत्साहजनक सहभागीता रहेको थियो ।

कार्यक्रममा समीर रोका अध्यक्ष रहेको वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा जविक सुवेदी, सचिवमा पुजा सापकोटा र कोषाध्यक्षमा रचना डेगा रहनुभएको छ ।

त्यस्तै, वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षतामा २७ सदस्यीय बालमैत्री वडा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सोमबहादुर बोहरा, कृष्णबहादुर कार्की, शान्ति शर्मा, रितादेवी बोहरा, अनिता राजभण्डारी, तेजेन्द्र आचार्य, कृष्ण बहादुर केसी, शम्भु आचार्य, कविराज क्षत्री, इन्दिरा शर्मा, धना बोहरा, सुस्मा गौतम, समिर रोका, पुजा सापकोटा, सुर्य लामिछाने, सकुन्तला थापा, कृष्ण अधिकारी, नवराज श्रेष्ठ, भोजेन्द्र थापा, राजन शर्मा, रेशम श्रीस, दुर्गा बहादुर आचार्य, विष्णु खत्री, धर्मदत्त सापाकोटा, कालिका कँडेल र केबी शाही रहनुभएको छ ।

यी दुबै समितिले वडामा समिति गठन पश्चात बालमैत्री नगरका लागि आवस्यक पूर्वाधार तथा अन्य सूचकका पुरा गर्नतर्फ लागिने छ । साथै बागलुङ नगरपालिका–१ को वडा समितिको बैठकले पहिलो बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएको बागलुङ नगरपालिका–१ रामरेखाका बालमैत्री सहजकर्ता सरिता गौतमले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

लोकप्रिय

क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि नेपाललाई

त्रिवि खेलमैदानमा सर्वाधिक उच्च स्कोरको रेकर्ड राख्दै युएई

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

उत्पादन बढेपछि बागलुङमा किबीको मूल्य घट्यो

भर्खरै

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास सम्पन्न

बागलुङमा सेतो रगत उत्पादन सुरु

स्थापना दिवसको अवसरमा बागलुङमा दुई पत्रकार सम्मानित

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki