Skip to content

follow us

baglungkhabar.tv

15th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा सातौं बागलुङ महोत्सव–२०८० पुस ११ देखि

bk logo final png
  • BAGLUNGKHABAR
  • १ पुष २०८०, आईतवार २०:४५

बागलुङ, १ पुस । ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ बागलुङ उद्योग वाणिज्य संघले आगामी पुस ११ गतेदेखि २२ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । उनले पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

महोत्सवमा व्यवसायिक १२०, प्रबर्धनात्मक स्टल ३० र मेडइन बागलुङ स्टल रहने बताए । ‘व्यवसायको लागि १२० वटा स्टल छुट्टाएका छौं । हालसम्म ५० प्रतिशत स्टल बुक भइसकेका छन्,’ अध्यक्ष कंडेलले भने,‘महोत्सवमा जिल्लाका कृषि तथा घरेलु उत्पादनहरुलाई प्रबर्धनात्मक गर्न ३० वटा स्टल छुट्टाइएको छ । यस्तै जिल्लामै उत्पादन भइरहेका ब्राण्डहरुलाई मेडइन बागलुङ नाममा स्टल छुट्टाएर प्रदद्र्धन र विक्री गर्ने व्यवस्था मिलाएको छौं ।’

महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्र्याउने लक्ष्य रहेको अध्यक्ष कंडेलको भनाई छ । बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरी क्षेत्रमा पर्यटक भित्र्याउन महोत्सवले मद्दत पुग्ने अध्यक्ष कंडेलले बताए ।

१० करोडको कारोबार हुने अपेक्षा लिइएको महोत्सवमा १ करोड ७० लाख रुपैयाँ आम्दानी र १ करोड ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ७ लाख जनाले महोत्सवको अवलोकन अनुमान गरिएको बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए ।

महात्ेसवमा खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत प्रतियोगिता, पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती सहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार आचार्यले जानकारी दिए । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको आचार्यले बताए ।

गण्डकी प्रदेश भित्रका पर्यटकीयस्थल, धार्मिक स्थल एवं लोक संस्कृतिक गतिविधिहरुको प्रचारप्रसार र प्रबद्र्धन गर्न, स्थानीय परिकारहरुलाई प्रबद्र्धन र स्तरीकरणमा बृद्धि गराउन, उद्यमी व्यवसायीहरुको वित्तिय साक्षरता बृद्धि गराउने र वित्तिय एवं औधोमिक क्षेत्रको विकास बृद्धि मार्फत आर्थिक समृद्धिः सुखी नेपालीको लक्ष्य पुरा गराउन र स्थानीय खेलाडीहरुको व्यक्तिगत र सामाजिक अनुशासन स्थापित गराउँदै राष्ट्रिय खेलाडीलाई अन्तराष्ट्रिय खेलाडी बन्नको लागि उत्प्रेरणा प्रदान गर्न महोत्सवले सहयोग पुग्ने अध्यक्ष कंडेलले बताए ।

महोत्सवबाट ५ लाख बराबरको ‘बागलुङ उद्योग वाणिज्य संघ सदस्य कल्याणकारी कोष–२०८०’ स्थापना गरिने, धवलागिरि बहुमुखी क्याम्पसको ‘गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’मा सहयोग गरिने, ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष निर्माण गर्ने, ‘हाम्रो सुरक्षा, हाम्रो दायित्व’ सिसि क्यामरा जडान र मर्मत कार्यलाई निरन्तरता दिने, महोत्सवको मुनाफाबाट बागलुङ कोसेली घर संचालन गरिने अध्यक्ष कंडेलले बताए । उनले महोत्सवमा टिकट काट्ने जिम्मा नेपाल पत्रकार महासंघ बागलुङलाई जिम्मा दिइएको र १ टिकट बराबर ५ रुपैयाँ ‘पत्रकार महासंघको संस्थागत विकास’मा सहयोग गर्ने निर्णय गरिएको बताए ।

महोत्सवको उद्घाटन पुस ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

चैत्राष्टमी मेलामा हनुमान नाँच प्रदर्शन गरिने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

बलेवामा अटोरिक्सा दुर्घटना: तीन जना घाईते

बागलुङमा आज देखि गलेश्वर यातायात प्रालि संचालन

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki